+
+

काभ्रेबाट प्रदेशसभामा माओवादी केन्द्रका रत्न ढकाल निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते १८:११

८ मंसिर, काभ्रे । काभ्रे-१ (१) को प्रदेशसभामा नेकपा माओवादी केन्द्रका रत्न ढकाल निर्वाचित भएका छन् ।

ढकालले २० हजार ७२० मत ल्याए भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका दिलबहादुर (दिलिप) तामाङले ११ हजार २७८ मत ल्याए । ढकालले ९ हजार ४४२ मतान्तरले चुनाव जितेका हुन् ।

को हुन् रत्न ढकाल ?

बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री ढकाल २०३७ साल माघ ६ गते साविक चौंरी गाविस हाल चौंरी देउराली गाउँपालिका वडा नं. ५ मा जन्मिएका हुन् । २०५० सालमा तत्कालीन नेकपा एकता केन्द्रको भातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी) मा संगठित भए ।

२०५८ देखि २०६० सम्म अखिल क्रान्तिकारी जिल्ला सचिवालय सदस्य बनेका ढकाल २०६१ मा अखिल क्रान्तिकारी भक्तपुर जिल्ला संयोजक बनेका थिए ।

माओवादी शान्ति प्रक्रियामा फड्को मारेपछि २०६३ देखि ०६५ सम्म ढकाल अखिल (क्रान्तिकारी)का केन्द्रीय कार्यालय सचिव भएर काम गरेका थिए ।

माओवादी विभाजन हुँदा मोहन वैद्यलाई साथ दिएका ढकालले पछि पुन: माओवादीमा फर्केका थिए । २०७४ सालमा नेपाली कांग्रेसका उम्मेदवार चन्द्रबहादुर लामालाई पराजीत गरेर प्रदेश संसदमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?