+
+

मोरङबाट प्रदेशसभामा कांग्रेसका अमृत अर्याल निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते १९:१८

८ मंसिर, मोरङ । मोरङ निर्वाचन क्षेत्र नम्बर ५ (ख)बाट प्रदेशसभामा नेपाली कांग्रेसका उम्‍मेदवार अमृत कुमार अर्याल निर्वाचित भएका छन् ।

अर्यालले जनता समाजवादी पार्टी (जसपा)का जयराम यादवलाई ५ हजार २७७ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।

अर्यालले १६ हजार १०२ मत पाउँदा जसपाका यादवले १० हजार ८२५ मत ल्याए ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्‍मेदवार राजेश कुमार बानियाँले ३ हजार २४८ मत पाएका छन् ।

यस्तै जनमत पार्टीका आनन्दलाल यादवले २ हजार ३४ मत, लोकतान्त्रिक समाजवादी पार्टीका रामबती साहले १ हजार ११३ मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?