+
+

लालबाबुसँग बदला लिंदै मोरङ ६ बाट शेखर कोइराला निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ९ गते ७:३१

९ मंसिर, विराटनगर । मोरङ क्षेत्र नम्बर ६ बाट नेपालीँ कांग्रेसका नेता शेखर कोइराला निर्वाचित भएका छन् ।

कोइरालाले नेकपा एमालेका लालबाबु पण्डितलाई हराउँदै निर्वाचित भएका हुन् । उनले ३५ हजार २१८ मत ल्याए भने एमालेका पण्डितले २२ हजार ९३२ मत ल्याएका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले ९५७१ मत पाए भने राप्रपाका गोपाल क्षेत्रीले ८८२९ मत पाएका छन् ।

गत चुनावको बदला लिंदै कोइराला विजयी भए । २०७४ को निर्वाचनमा यही क्षेत्रबाट लालबाबुले शेखर कोइरालालाई हराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?