+
+

औद्याेगिक विकासका लागि सरकारले नीतिगत सुधार गर्नुपर्छ : अग्रवाल

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ९ गते १३:१८

९ मंसिर, काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णुकुमार अग्रवालले नयाँ उद्योग खोल्ने र सञ्चालनमा रहेका उद्योग बचाउन सरकारले नीतिगत सुधार गर्नुपर्ने बताएका छन् ।

८औं राष्ट्रिय उद्योग दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयाेजित कार्यक्रममा बाेल्दै अग्रवालले अर्थतन्त्रमा समस्या देखिएको बेला उद्योगहरु झनै धरासायी भएको बताए ।

उद्योगहरुकाे उत्पादन लागत घटाउन, युवा उद्योगी जन्माउन र निर्यातमा प्राेत्साहन गर्न सरकारी नीति आउनुपर्ने अग्रवालले बताए । ‘औद्याेगिक विकासका लागि सरकारले नीतिगत सुधार गर्नुपर्छ,’ अध्यक्ष अग्रवालले भने, ‘यसका लागि स्टार्टअप नीति, निर्यात अनुदान र उद्योगकाे उत्पादन लागत घटाउनु जरुरी छ ।’

परिसंघले स्वदेशी वस्तु उत्पादन र निर्यातमा काम गरिरहेकाे भन्दै उनले सरकारले त्यसलाई सहजीकरण गर्नुपर्नेमा जाेड दिए । उद्योग खाेल्न जग्गा पाउनै कठिन भएको र पाइकाे जग्गा पनि निकै महँगो हुँदा उद्योग स्थापना महँगो भएको अग्रवालकाे भनाइ छ । सरकारले घाेषणा गरेकाे औद्याेगिक क्षेत्रमा उद्योग बस्ने वातावरणका लागि काम हुनुपर्नेमा उनकाे जाेड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?