+
+

दलका नेतृत्वले आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ९ गते १६:०७

९ मंसिर, गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दलका नेतृत्वहरुले आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् ।

गोरखा २ बाट चुनाव जितेका उनले सदरमुकाम गोरखामा भएको धन्यवाद एवं शुभकामना आदान प्रदान कार्यक्रममा अहिलेको निर्वाचनमा राजनीतिक एजेण्डा र विचारको अवमूल्यन किन भयो भनेर दलहरुले सोच्नुपर्ने बेला आएको बताए ।

‘नेपाली जनताले पाएको लोकतान्त्रिक अधिकार र वडासम्म पुगेको सिंहदरबारको अधिकारलाई उल्ट्याउने कतै न कतैबाट चेष्टा भइरहेको छ, यो निर्वाचनको क्रममा पनि त्यस्ता चेष्टा भएको देखियो,’ उनले भने, ‘कुनै राजनीतिक सिद्धान्त, विचार र एजेण्डामा नभइ आवेगमा आएर भ्रमित पार्ने संकेत देखिएकाले दलका नेतृत्वहरु गम्भिर भएर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ ।’

कसैलाई आलोचना गर्नु र आरोप लगाउनुभन्दा एक पटक आफंैभित्र फर्केर आफ्ना कमजोरी केलाउन दलका नेतृत्वहरुलाई उनले आग्रह गरेका छन् ।

उनले यसपटकको निर्वाचनमा अपेक्षा अनुसारको नजिता आउन नसकेको उनले स्वीकार गरे । ‘परिणात्मक रुपमा गठबन्धन सफल भयो, गोरखामा गठबन्धनका सबै उम्मेदवार विजयी भए तर जस्तो आशा र अपेक्षा थियो त्यो देशभर देखिएन, त्यसका लागी गठबन्धनका दलहरुले केही अभ्यास गर्नुपर्ने भएको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?