+
+

डडेल्धुरामा नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १० गते १६:५३

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदूरपश्चिम प्रदेशको डडेल्धुरामा अभिकर्ता प्रशिक्षण कार्यक्रम गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा कम्पनीको डडेल्धुरा कार्यालयमा आबद्ध करिब १५० जना अभिकर्ताहरुको सहभागीता रहेको कम्पनीले जनाएको छ ।

प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीको विभिन्न शाखा कार्यलयहरुमा आबद्ध भइ बीमा व्यवसाय गर्दै आएका अभिकर्तालाई थप व्यावसायिक बनाउदै उनीहरुको जीवनस्तरमा सकारात्मक परिवर्तन गर्ने जनाएको छ ।

कम्पनीका अनुसार ७ मंसिरमा महेन्द्रनगरमा, ८ मंसिरमा धनगढीमा र ९ मंसिरमा डडेल्धुरामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

कम्पनीका मार्केटिङ विभाग प्रमुख विवेक शर्माले सहभागी अभिकर्ताहरुलाइ बीमा बिक्रय कला सम्बन्धमा प्रशिक्षण दिएका थिए ।

कर्यक्रममा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?