+
+

विश्वकप फुटबलमा लेवान्डोस्कीको पहिलो गोल, पोल्याण्डले साउदीलाई २-० ले हरायो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १० गते २०:५७

१० मंसिर, काठमाडौं । रोबर्ट लेवान्डोस्कीले विश्वकप फुटबलमा डेब्यु गोल गर्दा पोल्याण्डमा कतारमा भइरहेको फिफा विश्वकपमा शनिवार साउदी अरेबियालाई २-० ले पराजित गरेको छ ।

एजुकेसन सिटी स्टेडियममा भएको खेलमा पोल्याण्डलाई जिताउन लेवान्डोस्कीसँगै पिटर जेलिन्सकीले पनि गोल गरे । जेलिन्स्कीले ३९ औं मिनेटमा लेवान्डोस्कीको पासमा गोल गर्दै पोल्याण्डलाई अग्रता दिलाएका थिए ।

८२ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै विश्वकपमा गोलको खाता खोले । पहिलो खेलमा उपाधि दाबेदार अर्जेन्टिनालाई २-१ ले पराजित गर्दै शनसनी मच्चाएको साउदीले भने पोल्याण्ड विरुद्ध पेनाल्टीमा पनि गोल गर्न सकेन ।

एक गोलले पछि परेको अवस्थामा साउदीले बराबरी गर्ने अवसर पाएको थियो । तर अर्जेन्टिना विरुद्ध गोल गरेका सालेम हल दावसरी पेनाल्टीमा चुके । उनको प्रहार पोल्याण्डका वेस्जी सेज्नेले बचाएका थिए ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा साउदीले पोल्याण्ड भन्दा बढी बल पोसेसन राखेको थियो । गोलका लागि पनि साउदीले नै धेरै अवसर बनाएको थियो । तर फिनिसिङ गर्न सकेन ।

पहिलो खेलमा मेक्सिको विरुद्ध गोलरहित बराबरी खेलेको पोल्याण्डले पहिलो जितपछि अन्तिम १६ मा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । पोल्याण्ड दुई खेलबाट ४ अंक जोड्दै समूह सी को शीर्ष स्थानमा छ ।

साउदी ३ अंकसहित दोस्रो स्थानमा छ । पोल्याण्डले अब अन्तिम खेल अर्जेन्टिनासँग र साउदीले मेक्सिकोसँग खेल्नेछ । आजै मध्यरातl अर्जेन्टिनाले गर या मरको खेलमा मेक्सिकोसँग प्रतिस्पर्धा गर्दैछ । 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?