+
+

रुपन्देहीको चौराहामा नेपाल बैंकको शाखा विस्तार

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ११ गते १३:११

काठमाडौं । नेपाल बैंक लिमिटेडले रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ स्थित राजमार्ग चौराहामा शाखा विस्तार गरेको छ ।

शुक्रबार बैंक सञ्चालक समितिका अध्यक्ष गंगाप्रसाद ज्ञवाली र बुटवल उपमहानगरपालिका नगर प्रमुख खेलराज पाण्डेयले संयूक्त रुपमा उद्घाटन गरे ।

सो क्रममा अध्यक्ष ज्ञवालीले चौराहा शाखा सञ्चालनमा आएसँगै प्रतिस्पर्धात्मक बैंकिङ बजारमा चुस्तदुरुस्त सेवासहित आफ्नो उपस्थिति बढाउन यो शाखामार्फत जोड दिइने बताए ।

कार्यक्रममा नगरप्रमुख पाण्डेले नाफा मात्रै नहेरी व्यवसायीहरुलाई समस्यामा नपर्ने गरी सहयात्रीको रुपमा बैंकले काम गर्नूपर्नेमा सुझाव दिए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले शाखा विस्तारले बुटवलको विकासका लागि बैंकले आफ्नो भूमिक बढाउन सहयोग पु¥याउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?