+
+

बारामा अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ११ गते १३:४८

११ मंसिर, वीरगञ्ज । बारामा भएको सवारी साधन दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

बारा निजगढ नगरपालिका १ नमुना बस्ती बस्ने ४० वर्षीया सानुमाया घिसिङको मृत्यु भएको हो ।

शनिबार राति निजगढ नगरपालिका वडा नं ९ ठाडोलाइन सडकखण्डमा पैदल यात्री सानुमायालाई प्र.२-०३-००१ ह ४३३ न.को अटोले ठक्कर दिएको थियो ।

सवारी साधनको ठक्करले महिला घाइते भएको खबर पाए लगत्तै प्रहरी टोली पुगेर उनलाई पचारका लागि वीरगञ्ज पठाइएको थियो ।

घाइते सानुमायाको वीरगञ्जको न्युरो अस्पतालमा उपचारको क्रममा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

अटो चालक निजगढ-८ बस्ने २५ वषर्ीय लोकबहादुर आले मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?