+
+

उदयपुर-१ मा मतगणना रोकियो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ११ गते १३:४६

११ मंसिर, उदयपुर । उदयपुर १ को मतगणना रोकिएको छ । गणनाको क्रममा पछिल्लो पटक खोलिएको १० वटा मतपेटिकामा उदयपुर १ (२) प्रदेश सभाको १०० मत पत्र भेटिएकोले गणना रोकिएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले अनलाइनखबरलाई जानकारी दिए ।

उनका अुनसार ६३ हजार ८० मत गणना भैइसकेपछि थप गणनाको लागि १० वटा मतपेटिका खोल्दा प्रदेशसभाको मतपेटिका भेटिएपछि दलहरुले गणना रोक्न माग गर्दै अवरुद्ध गरेका हुन् ।

उनले दिउँसो सवा ४ बजे सर्वदलीय बैठकपछि मतगणना सुरू हुने बताए ।

कुल ७६ हजार ७५६ मत खसे उदयपुर-१ मा ६३ हजार ८० मत गणना भैइसकेको छ । गणना भैइसकेकोमा काग्रेसका डाक्टर नारायण खडकाले १ हजा ८२५ मतले अग्रता लिएका छ्न् ।

खडकाले २७ हजार ४८४ मत प्राप्त पाएका छन् भने एमालेकी मन्जु कुमारी चौधरिले २५ हजार ६५९ ल्‍याएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।

हेर्नुहोस् मुख्‍य निर्वाचन कार्यालयको सूचना 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?