+
+

एक वर्षपछि पनि सही अवस्थामै भेटियो समुद्रमा खसेको आइफोन

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ११ गते १७:१३

अधिकांश मानिस आफ्नो स्मार्टफोन वाटरप्रुफ छ कि छैन भन्ने कुरालाई नजरअन्दाज गर्छन् । तर पानी नछिर्ने प्रविधि स्मार्टफोनको सुरक्षाका लागि वरदान नै हो ।

यही फिचरका कारण अमेरिकामा एक वर्षअघि समुद्रमा खसेको आइफोन सही सलामत भेटिएको छ । १२ महिनापछि समुद्रको पिंधमा फेला परेको उक्त आइफोनलाई निकालेर चार्ज गरेर जब अन गरियो तब यो पहिलेकै जस्तै चल्यो । आइफोन ८ प्लस मोडलको उक्त आइफोनले एक वर्ष समुद्रमुनि बसेर पनि चालु हालतमै रहने स्मार्टफोनको कीर्तिमान राखेको छ ।

समाचार अनुसार अमेरिकाको ह्याम्पसायरमा बस्ने क्लेयर एटफिल्ड नामकी महिलाको आइफोन ८ प्लस एक वर्षअघि समुद्रमा खसेको थियो । प्याडल बोर्डिंङ गर्ने क्रममा वाटरप्रुफ ब्यागमा राखेको उनको आइफोन पानीमा खसेको थियो ।

समुद्रमा खसेको आइफोन कुनै पनि हालतमा फेला पर्ने आशा उनलाई थिएन । तर चमत्कार भए झैं गरी एक वर्षपछि उनको आइफोन सही सलामत अवस्थामै भेटियो । तर जुन वाटरप्रुफ ब्यागमा उनको आइफोन राखिएको थियो, उक्त ब्याग पूर्ण रुपमा च्यातिएको थियो ।

वाटरप्रुफ ब्याग च्यातिएर आइफोन गहिरो पानीमा रहँदा समेत एक वर्षसम्म बिग्रिएको रहेनछ । आइफोन ८ प्लस वाटरप्रुफ भएका कारण त्यो सम्भव भएको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?