+
+

हुस्सु र कुहिरोले हवाई उडान प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १२ गते ९:२१

१२ मंसिर, काठमाडौं । हुस्सु र कुहिरो लागेको कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान/अवतरण प्रभावित भएको छ । कुहिरो लागेकाले पोखरा विमानस्थल पनि खुलेको छैन ।

अहिले काठमाडौंमा पारिलो घाम लागेकाले हुस्सु र कुहिरो हट्ने क्रममा छ । तर बिहान पूर्वनिर्धारित समयमै उडान नभएकाले आज दिनभरका उडानहरु प्रभावित हुने भएका छन् ।

एयरलाइन्स कम्पनीहरुले सूचना जारी गर्दै आज दिनभरका उडानहरु ढिला हुने जनाएका छन् । उडान ढिलो हुने हुँदा यात्रुहरुलाई एअरलाइन्सको कार्यालयमा सम्पर्क राख्न अनुरोध समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?