+
+

दार्चुलामा भोट हाल्न हिँडेका व्यक्तिको हत्या आरोपमा एक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १२ गते १८:३९

१२ मंसिर, धनगढी । दार्चुलामा मतदान गर्न सदरमुकाबाट गाउँ जाने क्रममा पुरुषको हत्या अभियोगमा पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक गरेको छ ।

व्‍यास गाउँपालिका-४ को डोकटका ४० वर्षीय नरसिंह विष्टको हत्या अभियोगमा सोही ठाउँका २५ वर्षीय दिपक विष्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) तर्कराज पाण्डेले सदरमुकाम खलंगामा होटल सञ्चालन गर्दै आएका विष्ट मंसिर २ गते मतदान गर्न भनेर घर गएका थिए ।

३ गते बेलुकादेखि सम्पर्कविहीन बनेका विष्ट मंसिर ४ गते स्थानीय गोदार खोलामा ढुंगाले च्यापेको अवस्थामा मृत भेटिएका थिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को सहयोगमा अनुसन्धान गर्ने क्रममा मंसिर ३ गते राति १० बजेतिर डोब भन्ने ठाउँमा मृतकसँगै मदिरा सेवन गरेका दिपकले हत्या गरेको खुलेपछि पक्राउ गरिएको डीएसपी पाण्डेले बताए ।

अभियुक्त विष्टले विवादका क्रममा टाउकोमा ढुंगा प्रहार गरी हत्या गरेर शव घिसारेर दुई सय मिटर तल गोदरा खोलामा फालेर ढुंगाले च्यापेको बयान दिएको प्रहरीको भनाई छ ।

जिल्ला अदालतबाट ७ दिन म्याद थप गरेर विष्टमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार मृतक विष्ट विगत १० वर्षदेखी दार्चुला सदरमुकाम खलंगामा होटल सञ्चालन गर्दै आएका थिए । उनका श्रीमति र ४ जना नाबालक छोरी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?