+
+

आज हुने मिस अर्थको ग्राण्ड फिनालेमा नेपालको बलियो दाबेदारी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १३ गते ११:०८

काठमाडौं । नेपाली समयानुसार आज (मंगलबार) बेलुका विश्व प्रतिष्ठित सुन्दरी प्रतियोगिता मिस अर्थको ग्राण्ड फिनाले हुँदैछ । फिलिपिन्सको राजधानी मनिलामा बेलुका ६ बजे हुने पेजेन्टमा नेपालको तर्फबाट मिस नेपाल अर्थ सरिशा श्रेष्ठले प्रतिस्पर्धा गर्दैछिन् ।

संसारका ८६ जना सुन्दरीले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । उपाधि जित्ने सुन्दरीलाई मिस अर्थ २०२१ डेस्टिनी वेंगरले ताज लगाइदिनेछिन् । यसपटक मिस अर्थमा नेपालको पनि बलियो उपस्थिति छ ।

फिलिपिनो मिडियाले मिस नेपाल अर्थ सरिशालाई अन्तिम २० भित्र समेटिएको प्रक्षेपण प्रस्तुत गरिरहेका छन् । ‘हामी निकै आशावादी छौं । पक्कै नेपालको प्रस्तुति बलियो हुनेछ,’ हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारले भने ।

फिनालेअघि भएका सबटाइटल प्रतिस्पर्धामा सरिशाले आकर्षक प्रस्तुति दिएकी थिइन् । उनको इको भिडियो र तस्वीरमा पनि राम्रा कमेन्ट प्राप्त भएका छन् ।

मिस वर्ल्ड आयोजना स्थल तय गरिने

यसैबीच, मिस वर्ल्ड प्रतियोगिताको आयोजनास्थल पाँचमध्ये कुनै एक ठाउँमा तय गरिने भएको छ । पेजेन्टका सहमालिक दीपेन्द्र गुरुङका अनुसार अमेरिकाको लस एन्जलस, एसियाका सिंगापुर, दुबई र अबुधाबी तथा फ्रान्सको पेरिसमध्ये कुनै एक ठाउँमा प्रतियोगिता गरिनेछ ।

पेजेन्टको ७१ औं संस्करण उत्साहित फ्यानको मागका आधारमा तय गरिने जानकारी गुरुङले दिएका छन् । यसपटक नेपालबाट मिस नेपाल प्रियंकारानी जोशीले विश्व सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछिन् । उनी अहिले ब्युटी विथ पर्पस लगायतका परियोजनामा व्यस्त छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?