+
+

कतार विश्वकपका ‘ब्रेक आउट स्टार’ बन्ने बाटोमा घानाका कुडुस

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १३ गते १४:३०

१३ मंसिर, काठमाडौं ।  हरेक विश्वकपले ब्रेक आउट स्टार जन्माउँछ । कतारमा भइरहेको पिफा विश्वकप २०२२ मा दुई खेलपछि घानाका २२ वर्षीय फरवार्ड मोहमद कुडुस नयाँ स्टार बन्ने बाटोमा छन् ।

डच क्लब अयाक्सबाट खेल्ने घानाका मोहमेद कुडुस भर्सटायल मिडफिल्डर र फरवार्ड हुन् जो विश्वकपमा छाइरहेका छन् ।

प्रिमयर लिगका क्लबले कतारमा कुडुसको प्रदर्शनलाई नियालिरहेका छन् ।

डी टेलिग्राफका अनुसार प्रिमियर लिग क्लब लिभरपुलले उनको खेल हेर्न स्काउट नै पठाएको छ । यस सिजनअघि उनी लिभरपुलको मर्सिसाइड राइभल एभरटनसँग अनुबन्ध नजिक पुगेपछि पछि तोडिएको थियो ।

नेदरल्याण्ड्सका कोडी गाक्पो, स्पेनका गाभी, जर्मनीका जमल मुसियला र इंग्ल्याण्डका जुड बेलिङ्घहम कतार आउनुअघि नै चर्चामा थिए । तर घानाका भर्सटायल मिडफिल्डर कुडुस भने मंगलबार बिहान हेडलाइनमा छाएका हुन् ।

कुडुसले विश्वकपको एकै खेलमा दुई गोल गर्ने घानाको पहिलो खेलाडी बन्दै आफ्नो परिचय बनाए ।

समूह एच अन्तर्गत सोमबार भएको खेलमा दक्षिण कोरियालाई ३-२ ले पराजित गर्दा कुडुसले दुई गोल गरे । ‘उनी उत्कृष्ट खेलाडी हुन्, राम्रो व्यक्तित्व हुन्, तर उनले आज धेरै राम्रो गरे’, घानाका प्रशिक्षक ओट्टो एड्डोले भने, ‘उनी राम्रो खेलाडी हुन्छ । वान भर्सेस वानमा राम्रो छन्, उनी छिटो छन् । उनले डिफेन्सिभली अझै काम गर्न बाँकी छ । यो पक्का हो कि उनी उत्कृष्ट खेलाडी बन्ने सही बाटोमा छन् ।’

‘म अहिलेसम्म प्रभावित भएको छैन । यो सामान्य हो । यो कुडुस हो । उनको अगाडि उनको भविष्य उज्यालो छ’, कुडुसका टिममेट तथा प्रिमियर लिगका पूर्व खेलाडी आन्द्रे आयुले थपे, ‘हामीलाई यो थाहा छ, मलाई थाहा छ । घानालाई पनि अहिले थाहा छ र विश्वले अब थाहा पाउँदैछ । उनले अझ धेरै गर्न सक्छन् । तपाईँ हेर्दै जानुन्, मेरो केटोबाट अझ धेरै आउँदैछ ।’

पोर्चुगल विरुद्धको पहिलो खेलमा घानाका लागि कुडुसले बराबरी गोल फर्काउन असिस्ट गरेका थिए । तर ७७औं मिनेटमा उनी प्रतिस्थापन भए । त्यसको तीन मिनेटपछि नै जाआओ फेलिक्स र राफेल लियाओले गोल गर्दा घाना ३-१ ले पछि परेको थियो । कोरिया विरुद्ध भने उनले पहिलो गोल गर्दै घानालाई दुई गोलले अघि बढाएका थिए । पछि कोरियाले बराबरी गर्‍यो । त्यसपछि कुडुसले नै निर्णायक गोल गर्दै घानालाई जिताए । उनी नै म्यान अफ दि म्याच बने ।

यो त्यस्तो क्षण बन्यो, जसले उनलाई मेनस्ट्रिममा ल्याउने ढोका खोलेको छ । ‘यदी तपाईँ कतै चम्किन चाहनु हुन्छ भने यो विश्वकप नै हो’ प्रिमयर लिगका पूर्व खेलाडी माइकल ब्रिड्जले ओप्टस स्पोर्ट्सको गेनजेन पJडकास्टमा भने, ‘उनी गोल गरिहरेका छन् । उनी भर्सटायल छन् । आज मैले साँच्चै प्रशंसा गरेको कुरा… क्रसको लागि उसको अपेक्षा र उसले आफूलाई (डिफेन्डरहरू) बीचमा व्यवस्थित गर्ने तरिका राम्रो थियो ।’

उनले हेडरको गुणस्तर उत्कृष्ट रहेको पनि बताए । भने, ‘त्यसपछि उसले घानालाई ३-२ को जित दिलाउनको लागि दोस्रो गोलको लागि आफूलाई राखेको ठाउँ र तरिका गज्जब थियो ।’

सेल्टिकका पूर्व खेलाडी स्कट म्याक डोनाल्डले विश्वकपमा एकै खेलमा दुई गोल गर्ने घानाको पहिलो  खेलाडी भन्दै उनलाई अर्को असामोह जियानको संज्ञा दिए ।

कुडुसको यात्रा १० वर्षको हुँदा देखि नै घानाको सडकमा खेल्न थालेका कुडुस १२ वर्ष हुँदा राइट टु ड्रिम एकेडेमीमा भर्ना भए । जहाँबाट उनले यात्रा सुरु गरे र यहाँसम्म आइपुगेका छन् । उनले युरोपमा जानुअघि एकेडेमीमा ६ वर्ष बिताए । कुडुसले सन् २०१८ मा डेनिस क्लब एफसी नोडल्याण्डमा अनुबन्ध भए । आफ्नो १८औं जन्मदिनपछि डेब्यु गर्दै उनी क्लबको नवौँ युवा खेलाडी बनेका थिए । उनले त्यहाँ एक सिजन खेल्दा ११ गोल गरे ।

त्यहीबेला उनले भर्सटायल देखाएका थिए । उनी सेन्टर फरवार्ड, सेन्टर मिडफिल्ड, अ६याकिङ मिडफिल्ड, डिफेन्सिभ मिडफिल्ड र राइट विंग जहाँ पनि खेल्न सक्छन् र उनले १८ महिनाको अवधीमै आफूलाई यस स्वरुपमा देखाइसकेका थिए । उनको लागि ठूलो चुनौती आएको धेरै भएको छन् ।

अयाक्सका त्यतिबेलाका प्रशिक्षक एरिक टेनहागले उनलाई क्लवमा भित्र्याउन सहयोग गरे । उनी २०२० जुलाईमा ९ मिलियन युरोमा अयाक्स पुगे । नेदरल्याण्ड्समा उनले चोटबाट करियर सुरु गरे ।

तर उनले यस सिजन अल्फ्रेड स्रेउडरको नेतृत्वमा फल्स नाइनको भूमिका निर्वाह गरिरहेका छन् । २२ वर्षीय कुडुसले च्याम्पियन्स लिगमा चार गोल गर्दै दुई असिस्ट समेत गरेका थिए । लिभरपुल विरुद्धको गोल समेत उत्कृष्ट थियो ।

– ओप्टा स्पोर्ट्सबाट

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?