+
+

प्रभास र कृति सेनन प्रेममा, ‘आदिपुरुष’को सेटमै राखेका थिए प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १३ गते १४:५६

काठमाडौं । भारतीय फिल्म ‘आदिपुरुष’ यतिबेला चर्चामा छ । भीएफएक्स मात्र नभएर कलाकारलाई लिएर पनि फिल्मको चर्चा भइरहेको छ ।

प्रविधि र कलाकार मात्र हैन, फिल्मका लिड कास्ट प्रभास र कृति सेनन प्रेम सम्बन्धमा रहेको खबरले बलिउड तातेको छ । लगभग सबैजसो भारतीय मिडियाले यी दुई सेलिब्रिटीको ‘रिलेसनसिप’बारे समाचार छापेका छन् ।

उनीहरुबीचको रोमान्स ढिलो तर गहिरिंदो किसिमले अघि बढेको जनाइएको छ । बलिउड फिल्म ‘भेडिया’को प्रवर्द्धन कार्यक्रममा वरुण धवनले प्रभास र कृति सम्बन्धमा रहेको संकेत गरेपछि हल्ला झनै व्यापक बनेको छ ।

बलिउड लाइफ म्यागजिनका अनुसार ‘आदिपुरुष’को छायांकन सेटमा प्रभासले घुँडा टेकेरै सेननलाई प्रेम प्रस्ताव राखेका थिए । आश्चर्यचकित हुँदै कृतिले प्रभासको प्रस्तावलाई स्वीकारेको समेत जनाइएको छ ।

‘आदिपुरुष’ रिलिजपछि यो जोडी इन्गेजमेन्ट गर्ने तयारीमा रहेको उक्त न्युज पोर्टलले उल्लेख गरेको छ । उमैर सन्धु लगायत केही बलिउड समीक्षकले समेत प्रभास–कृतिको सम्बन्धबारेका ट्वीट प्रेषण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?