
१३, मंसिर, काठमाडौं । स्याङ्जा-२ को मतगणना सुरु गर्न माग गर्दै कांग्रेसका नेताहरुले निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।
कांग्रेस उम्मेदवार तथा पार्टी उपसभापति धनराज गुरुङ, नेताद्धय रामचन्द्र पौडेल र प्रदीप पौडेल निर्वाचन आयोग पुगेर अबिलम्ब मत गणना सुरु गर्न माग गरेका हुन् ।
चापाकोट नगरपालिका अन्तर्गत रहेका ४ बुथमा कांग्रेसले धाँधली गरेको भन्दै अन्य दलले पुन: मतदानको माग गरेका छन् ।
सत्तारुढ दल कांग्रेस भने मतगणनाको पक्षमा छ । प्रक्रियासँगत तरिकाले मतदान सकिएकाले गणना हुनुपर्ने माग गरिएको आयोग पुगेका नेता प्रदीप पौडेलले जानकारी दिए ।
‘मतदानका सबै प्रक्रिया पुरा भएको छ । मुचुल्का उठाइसकिएको छ । सबै पार्टीका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।’ पौडेलले भने,‘विधिसंगत तरिकाले अघि बढिरहेको अवस्थामा त्यसभन्दा अघि गएर उजुरी आयोगले लिन मिल्छ?’
आयोगले उजुरी लिनु नै त्रुटीपूर्ण रहेको कांग्रेस नेताहरुको आयोग समक्ष दाबी थियो । मृत्यु भइसकेका व्यक्तिको नाम मतदाता नामावलीमा राख्नु आयोगकै गल्ती भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई उनीहरुले बताए ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले यसबारेमा छिट्टै निर्णय लिने जानकारी गराएको नेता पौडेलले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4