+
+

प्रदीप पौडेलले बोलाएको छलफलमा ईश्वर पोखरेल गएनन्

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १३ गते १७:३९

१३, मंसिर, काठमाडौं । काठमाडौ ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रदीप पौडेलले बोलाएको आफूसँगै प्रतिस्पर्धा गरेका उम्मेदवारहरुको सामूहिक बैठकमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अनुपस्थित भएका छन् ।

क्षेत्रको विकासका लागि सामूहिक प्रयत्नका लागि बोलाएको छलफलमा यसै क्षेत्रका पूर्व सांसद पोखरेल छलफलमा नआएको पौडेलले बताए । ‘यस क्षेत्रमा उम्मेदवार भएका सबैलाई मैले छलफलका लागि बोलाएको थिएँ’, निर्वाचित पौडेलले भने,‘ईश्वर पोखरेल आउनुभएन । नयाँ संस्कारको सुरुवात गर्न खोजेको हुँ ।’

काठमाडौं ५ बाट १५ हजार २६९ मतसहित पौडेलले चुनाव जितेका थिए । निकटतम् प्रतिद्वन्द्वी रहेका पोखरेलले भने १० हजार १९० मत मात्र ल्याएका थिए ।

पौडेलले अन्य उम्मेदवारले उठाएका राम्रा विषयलाई कार्यान्वयनमा लैजानका लागि आफूले सामूहिक छलफल गरेको पौडेलले बताए । ‘उहाँहरुले उठाएका राम्रा विषयको कार्यान्वयन प्रतिनिधि भएकै व्यक्तिले गर्नसक्ने भएकाले भेटघाट राखेको हुँ’, पौडेलले भने ।

क्षेत्रको विकासका लागि साझा अभियानमा सँगसँगै अघि बढ्ने आफ्नो इच्छा रहेको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?