+
+

वैदेशिक रोजगारीमा रहेका र स्थानीयलाई मायाखोला हाइड्रोपावरको आईपीओ

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १४ गते १२:०३

१४ मंसिर, काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले २३ मंसिरदेखि धितोपत्रको प्राथमीक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी १ अर्बको ३४ प्रतिशत हुन आउने ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता सेयर सार्वजनिक निष्कासन गर्न लागेको छ । जुनमध्ये कम्पनीले जारी पूँजीको १० प्रतिशतले हुन आउने १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो ।

यस्तै जारी पूँजीको २४ प्रतिशले हुन आउने २४ लाख कित्ता सेयर सर्वसाधाणको लागि निष्कासन गर्न छुट्याएको छ । सार्वजनिक निष्कासन गर्ने २४ लाख कित्ताको १० प्रतिशतले हुन आउने २ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि सार्वजनिक निष्कासन गर्न लागेको हो ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिने १० लाख कित्ता सेयरमध्ये ६० प्रतिशत अर्थात ६ लाख कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्रका बासिन्दाहरुमा बाँडफाँट हुने कम्पनीले जनाएको छ । बाँकी ४० प्रतिशत अर्थात ४ लाख कित्ता सो क्षेत्रबाहेकका इलाम जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने स्थानिय बासिन्दाहरुमा बाँडफाँट हुने कम्पनाीले प्रकाशित गरेको आहृवानपत्रमा उल्लेख छ ।

आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकालाई निष्कासन गरेको आईपीओमा पुस ८ गतेसम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरिएको सेयरमा उक्त अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि पुस २४ गतेसम्म थप हुने आहृवानपत्रमा उल्लेख छ ।

कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका वासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्युनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । योजना प्रभावित क्षेत्रका बासिन्दाहरुले प्राइम कमर्सियल बैंक, प्रभु बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंकका तोकिएका शाखा कार्यालय तथा प्रभु क्यापिटल र माया खोला हाइड्रोपावरको कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट र मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारमा रहेको नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सि-आस्बा प्रणाली (मेरो सेयर) मार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङमा आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।

कम्पनीले संखुवासभामा १४.९ मेगावाटको माया खोला जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । आयोजनाको प्रति मेगावाट लागत निर्माण अवधिको ब्याजसहित २० करोड १३ लाख ४२ हजार २८१ रुपैयाँ ९० पैसा रहेको छ ।

आयोजनाको कुल अनुमानित लागत ३ अर्ब रुपैयाँ रहेको छ । आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र २०७१ जेठ ६ गतेदेखि २१०६ जेठ २५ गतेसम्म रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?