+
+

यू-१९ राष्ट्रिय क्रिकेट : लगातारको पाँचौं जीतसहित सुदूर फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १४ गते १४:४८

१४ मंसिर, काठमाडौं  । यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार पाचौं खेल जितेको छ  र यो जीतसँगै सुदूर फाइलनमा पुगेको छ । त्यसक्रममा सुदूरले मधेश प्रदेशलाई ७ विकेटले सजिलै हराएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको मधेश प्रदेश ३८.१ ओभरमा १२२ रनमा अल आउट भएको थियो ।

१२३ रनको विजयी लक्ष्य पछ्याएको सुदूरले १८.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । सुदूरको जितमा दीपक बोहराले ५८ बलमा ६ चौका २ छक्कासहित सर्वाधिक ५३ रनको अर्धशतकीय पारी खेले ।

अर्का ओपनर दीपक बोहरा २४ बलमा ६ चौकासहित २४ रनमा आउट भए । गजेन्द्र बोहरा १० बलमा २ चौका र २ छक्कासहित २४ रन र अनुराग सिंह २ रनमा अविजित रहे । विकेटकिपर सुनिल चन्द १७ बलमा १ चौका र १ छक्कासहित ११ रनमा आउट भए ।

मधेशका अभिषेक तिवारीले सर्वाधिक दुई विकेट लिए ।

त्यसअघि, ब्याटिङ गरेको मधेशका लागि अनिल अन्सारीले ५६ बलमा ५ चौकासहित सर्वाधिक ३२ रन बनाए । तीव्र गतिका बलर हेमन्त धामीले आफ्नो उच्च लयलाई निरन्तरता दिँदै पुनः शीर्षक्रम धरासयी बनाए । हेमन्तले ओपनर शैलेन्द्र शाहलाई ० मा र तेस्रो नम्बरका ब्याटर डब्लू मलिकलाई ११ रनमा बोल्ड गरेका थिए । हेमन्तले नै ओपनर मयन यादवले २३ लाई रनमा क्याच गराए ।

चौथो नम्बरका ब्याटर इमरान शेख ३८ बलमा ५ चौकासहित २८ रनमा नरेनको बलमा बोल्ड भए । त्यसपछि अन्य कुनैपनि ब्याटरले सम्झन लायक रन बनाउन सकेनन् ।

सुदूरका नरेन साउदले ९.१ ओभरमा १ मेडनसहित २४ रन खर्चेर ५ विकेट लिए । पहिलो खेल खेलेका युवराज खत्रीले ९ ओभरमा १ मेडनसहित १५ रन खर्चेर २ विकेट लिए । हेमन्त धामीले ६ ओभरमा १ मेडनसहित २७ रन खर्चेर ३ विकेट लिए ।

सुदूरपश्चिमप्रदेशले अन्तिम खेलमा शुक्रबार बागमतीसँग खेल्नेछ । सुदूरपश्चिम ५ खेलमा १० अंकका साथ शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको बागमती ४ खेलमा ८ अंकका साथ दोस्रो स्थानमा छ । लुम्बिनी ३ खेलमा ४ अंकका साथ तेस्रो स्थानमा छ । शीर्ष दुई टोलीले मंसिर १९ गते फाइनल खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?