
१४ असोज, काठमाडौं । २० औं हिमालयन ह्वाइट वाटर च्यालेन्ज २०२२ अन्तर्गत र्याफ्टिङमा प्याडल नेपाल र कायकतर्फ डम्बर पूर्वाछाने पहिलो भएका छन् ।
नेपाल एसोसिएशन्स अफ राफ्टिङ एजेन्सीज (नारा) को आयोजनामा तीन दिनसम्म तीनदिन त्रिशुली नदीमा सुरु भएको हिमालयन ह्रवाइट वाटर च्यालेन्ज २०२२ प्रतियोगितामा र्याफ्टिङ र कायकतर्फ कूल चार प्रतिस्पर्धा भएका थिए ।
जसमा र्याफ्टिङतर्फ प्याडल नेपाल विजेता बनेको हो । त्यस्तै नेपाल र्याफ्ट एण्ड कायक क्लब बी दोस्रो र नेपाल र्याप्ट एण्ड कायक क्लबको ए टिमले तेस्रो स्थान हासिल गरे ।
शसस्त्र प्रहरी बलको टिम चौथो र जापानी टिम पाँचौं भएको थियो ।
कायकतर्फ डम्बरबहादुर पूर्वाछाने पहिलो, सुरज गुरूङ दोस्रो र नोज सुनार तेस्रो भए । कायकतर्फका विजेताले क्रमश: ३० हजार, २० हजार र १० हजार र र्याप्टिङको विजेताले २५ हजार नगद र अवार्ड प्राप्त गरेका छन् ।
महिलाको कायकतर्फ सुधा राई पहिलो र सुस्मा कठायत दोस्रो भए । सुधाले ६ हजार र सुस्माले ३ हजार प्रहपात गरे ।
प्रतियोगितामा कायक स्प्रिन्ट, कायक बोटर क्रसेस, कायक डाउन रिभर रेस र र्याफ्टिङ डाउन रिभर रेस गरी ४ खेलमा प्रतिस्पर्धा भएको र कूल एक सय खेलाडी सहभागी रहेको नाराका अध्यक्ष शिव अधिकारीले जानकारी दिए ।
सन् २००२ मा सुरु भएको हिमालयन ह्वाइट वाटर च्यालेन्ज हरेक वर्ष आयोजना हुँदै आएको छ । बागमती प्रदेश र नेपाल पर्यटन बोर्डको सहयोगमा यो च्यालेन्ज प्रतियोगिता गरिएको अधिकारीले बताए ।
नाराका अध्यक्ष शिव अधिकारीले नाराले साहसिक जल पर्यटनको प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ प्रत्येक वर्ष प्रतियोगित आयोजना गर्दै आएको बताए । ‘अन्य देशमा कृत्रिम नदी बनाएर र्याप्टिङ गराइरहेका छन् । तर हामी कहाँ सुन्दर नदीहरु हुँदा पनिस त्यसमा ढल र फोहोर फालेर कुरुप बनाइरहेका छौँ,’ अधिकारीले भने, ‘त्यसैले यस प्रतियोगिताको उद्देश्य नदी सभ्यता संरक्षणका लागि जनचेतना जोगाउने एवम् नयाँ पुस्ताका लागि सचेत गराउनु पनि हो ।’
नेपालको साहसिक खेल पर्यटनको प्रवर्द्धनमा टेवा पुर्याउने र र्याफ्टिङ गाइड तथा र्याप्टिङ खेलाडीहरुलाई थप दक्ष बनाउन यस कार्यक्रमले सहयोग पुग्ने आयोजकको विश्वास छ । जलवायु परिवर्तनले नदीहरूमा ठूलो असर गरिरहेकोले नदी संरक्षणमा गर्नुपर्ने नाराको जोड छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4