+

चेल्सी विरुद्ध सण्डरल्याण्डको पुनरागमन जित

२०८२ कात्तिक  ९ गते ०:३४ २०८२ कात्तिक ९ गते ०:३४
चेल्सी विरुद्ध सण्डरल्याण्डको पुनरागमन जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चेम्सडाइन तल्बीले इन्जुरी टाइममा गोल गर्दै सण्डरल्याण्डले चेल्सीविरुद्ध प्रिमियर लिगमा २-१ को पुनरागमन जित हात पारेको छ।
  • यो जितपछि सण्डरल्याण्डले ९ खेलबाट १७ अंक जोडेर अंकतालिकामा दोस्रो स्थानमा उक्लेको छ।
  • हारपछि चेल्सी ९ खेलबाट १४ अंकसहित सातौं स्थानमा सीमित भएको छ।

८ कात्तिक, काठमाडौं । चेम्सडाइन तल्बीले इन्जुरी टाइममा गरेको गोल मद्तमा सण्डरल्याण्डले प्रिमियर लिगमा चेल्सी विरुद्ध २-१ को पुनरागमन जित हात पारेको छ ।

६५औं मिनेटमा बरट्रान्ड ट्राओरको स्थानमा मुैदान प्रवेश गरेका तल्बीले इन्जुरी टाइमको तेस्रो मिनेटमा निर्णायक गोल गरे ।

घरेलु मैदान स्टानफोर्ड ब्रिजमा अलेजान्द्रो गार्नाचोले चौथो मिनेटमै गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर चेल्सीले सुरुवाती अग्रता जोगाउन सकेन । विल्सन इसिडोरले २२औं मिनेटमा सण्डरल्याण्डका लागि बराबरी गोल फर्काए ।

पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो । दोस्रो हाफमा दुवै टोली गोल गर्ने प्रयासमा थिए । निर्धारित समयमा थप गोल नभएपछि खेल बराबरीतर्फ अग्रसर भइरहेको थियो । तर तल्बीले इन्जुरी टाइमा निर्णायक गोल गर्दै सण्डरल्याण्डलाई ३ अंक दिलाए ।

यो जितपछि ९ खेलबाट १७ अंक जोडेर सण्डरल्याण्ड अंकतालिकामा दोस्रो स्थानमा उक्लेको छ । एक खेल कम खेलेको आर्सनल १९ अंकसहित शीर्ष स्थानमा छ ।

हारपछि चेल्सीले भने दोस्रो स्थानमा उक्लने अवसर गुमाएको छ । ९ खेलबा६ १४ अंकसहित चेल्सी सातौं स्थानमा छ ।

प्रिमियर लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय