+

मेस्सीको टिम भारत नआउने

२०८२ कात्तिक  ८ गते १३:११ २०८२ कात्तिक ८ गते १३:११
मेस्सीको टिम भारत नआउने

८ कात्तिक, काठमाडौं । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी र उनको टिम भारत नआउने भएका छन् ।

१७ नोभेम्बर मा हुने भनिएको मैत्रिपूर्ण खेलका लागि अर्जेन्टिना फुटबल एशोसिएसन (एएफए) को टिमका साथ आउन लागेका मेस्सीको यात्रा अन्तिम समयमा रोकिएको हो ।

उनी १७ नोभेम्बर अर्थात १ मंसिरमा केरलको कोच्चीमा अवस्थित जवाहरलाल नेहरू स्टेडियममा हुने मैत्रिपूर्ण खेलका लागि भारत आउने भनिएको थियो ।

तर मैत्रिपूर्ण खेलको प्रायोजक रिपोर्टर ब्रोडकास्टिङ कम्पनीका म्यानेजिङ डायरेक्टर एन्टो अगस्टिनले सामाजिक सञ्जालमार्फत् खेल रद्द भएको जानकारी दिएका छन् ।

उनले प्रतियोगिताका लागि फिफाबाट अनुमति मिल्न ढिलाइ भएका कारण खेल रद्द भएको फेसबुकमा लेखेका छन् ।

एएफएसँग छलफल गरेर निर्णय लिइएको उनको भनाइ छ । बीबीसीका अनुसार केरलका खेलमन्त्रीले अर्जेन्टिनासँगको मैत्रिपूर्ण खेलको घोषणा गरेका थिए ।

लियोनल मेसी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय