+
+

भ्वाइस अफ नेपालकी सविना योङहाङका लागि हर्क साम्पाङले मागे भोट

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १४ गते १८:२७

काठमाडौं । यतिबेला टीभी रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा लाइभ शो राउण्ड चलिरहेको छ । प्रतिस्पर्धीले दर्शकलाई भोट मागिरहेका छन् । आम दर्शकदेखि नेता तथा सेलिब्रिटीसम्म भ्वाइसको क्रेज देखिएको छ । धरानका मेयर हर्क साम्पाङलाई सुरुदेखि नै भ्वाइस अफ नेपालप्रति लगाव देखिएको छ ।

भ्वाइस सुरु हुनेबेला उनले फेसबुकमार्फत यसपटकको विजेता महिलालाई गराउनुपर्ने बताएका थिए । यसपटक उनले प्रतिस्पर्धी सविना योङहाङका लागि भोट मागेका छन् ।

बुधबार बिहान फेसबुकमार्फत सविनाको तस्वीर सेयर गर्दै मेयर साम्पाङले उनीप्रति समर्थन जनाएका छन् । उक्त पोस्टमा धेरैले सविनालाई जितको अग्रिम शुभकामना दिएका छन् ।

सविना टिम राजेशको समूहबाट प्रतिस्पर्धा गरिरहेकी छिन् । लाइभ शोमा दर्शकले मतदान गर्न पाउने भएपछि सामाजिक सञ्जालमा आफूलाई मनपर्ने ट्यालेन्टको पक्षमा जिताऊ अभियान पनि सुरु भएका छन् ।

द भ्वाइस अफ नेपाल शुक्रबार र शनिबार हिमालय टीभीबाट राति ८ बजे प्रसारण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?