+
+

४ पुसदेखि दोहा र क्वालालाम्पुरबाट भैरहवामा नेवानिको सिधा उडान

अच्युत पुरी अच्युत पुरी
२०७९ मंसिर १४ गते १८:३२
फाइल तस्वीर

१४ मंसिर, काठमाडौं । आगामी ४ पुसदेखि नेपाल एयरलाइन्सले भैरहवालाई एक साथ दुई गन्तव्यमा जोड्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेवानिको माग अनुसार ‘विन्टर सेड्यूल’ स्वीकृत गर्दै यस्तो जानकारी गराएको हो । साथै नेवानिको यसअघि कटौती भएका गन्तव्यको उडान पुनः साविकको संख्यामा पुर्‍याएर तालिका स्वीकृत भएको प्राधिकरणका सूचना अधिकृत ज्ञानेन्द्र भुलले जानकारी दिए ।

स्वीकृत तालिका अनुसार काठमाडौं–दोहा–भैरहवा–काठमाडौं रुटमा एउटा जहाजले उडान गर्नेछ । नेपाल एयरलाइन्सको अर्को जहाजले काठमाडौं–क्वालालाम्पुर–भैरहवा–काठमाडौं रुटमा उडान गर्ने छ ।

दोहाबाट भैहरवा साताको दुई वटा (आइतबार र मंगलबार) र क्वालालाम्पुरबाट भैरहवा एउटा गरी सातामा तीन वटा उडान हुने गरी तालिका स्वीकृत भएको हो । प्राधिकरणले १९ डिसेम्बरबाट २५ मार्चसम्मका लागि यो तालिका स्वीकृत गरेको हो ।

दिल्लीमा नेवानिको सातामा १४ उडान नै हुने

यसअघि कटौती भएको दिल्लीसहितका अन्तर्राष्ट्रिय उडानको समेत तालिका पुनः स्वीकृत भएको छ । यसअघि अब नयाँ दिल्लीमा काठमाडौंबाट नेवानिले सातामा १४ उडान अर्थातः दैनिक २ उडान गर्न पाउने भएको छ ।

यसअघि सातामा १० मात्र उडान हुने गरी प्राधिकरणले उडान कटौती गरेको थियो । काठमाडौंबाट क्वालालाम्पुर, दोहा र दुबईमा समेत अब दैनिक एक उडान गर्न सक्ने गरी निगमको तालिका स्वीकृत भएको छ । भैरहवाबाट अनिवार्य उडान गराउन प्राधिकरणले केही अगाडि यी रुटहरुको नियमित उडान कटौती गरिएको थियो ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?