+
+

हजार दरका ४३ करोड थान नोट छाप्ने जिम्मा भारतको सरकारी कम्पनीलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १४ गते २०:२१

१४ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार दरका नयाँ नोट छाप्न भारतीय कम्पनीलाई जिम्मा दिएको छ । ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा भारतको सरकारी कम्पनीले पाएको हो ।

भारतको सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डिया लिमिटेडलाई नोट छपाइका लागि समझौता गर्ने गरी राष्ट्र बैंकले आसय पत्र जारी गरेको छ ।

एक हजार रुपैयाा दरका नोटको डिजाइन, छपाइ र ढुवानीको काम सो कम्पनीले पाउने भएको हो ।

करिब एक अर्ब ४६ करोड रुपैयाँ बराबरको अमेरिकी डलरमा सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनले काम जिम्मा पाएको हो ।

प्रतिस्पर्धामा रहेका ब्राजिल, चीन र प|mान्सका कम्पनीले बढी रकम कबोल गरेका कारण छनोट हुन सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?