+
+

थाइल्याण्ड उडेको नेवानिको जहाज बंगलादेशमा आकस्मिक अवतरण

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १४ गते १९:१२
फाइल तस्वीर

१४ मंसिर, काठमाडौं । काठमाडौंबाट थाइल्याण्डको बैंककका लागि उडेको नेपाल एयरलाइन्सको न्यारोबडी जहाज बंगलादेशमा आकस्मिक अवतरण गरेको छ ।

नेपाल एयरलाइन्सका सहायक प्रवक्ता गणेशकुमार घिमिरेका अनुसार इण्डिकेटरले कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिएको संकेत गरेको थियो । सोहीकारण जहाज बंगलादेशको चटगाउँ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

आरए ४०१ उडान नम्बर रहेको ए३२० जहाजको कार्गोमा रहेको सामान झारेर जहाज भने पुनः बैंकक उडाउने तयारी भइरहेको बताइएको छ । ‘इण्डिकेटरले संकेत गरेपनि अवतरणपछि चेकजाँच गर्दा कुनै खराबी देखिएन,’ सहायक प्रवक्ता घिमिरेले भने, ‘जहाज पुनः बैंकक उड्दैछ ।’ जहाजमा १५२ जना यात्रु सवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?