+
+

फ्रान्सको टिममा ९ खेलाडी परिवर्तन

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १४ गते २०:५७

काठमाडौं । कतारमा जारी फिफा विश्वकप अन्तर्गत समूहको अन्तिम खेलमा फ्रान्सले ट्युनिसिया विरुद्ध खेल्दैछ । समूह डी अन्तर्गत खेलका लागि फ्रान्सले टिममा ९ खेलाडी परिवर्तन गरेको छ ।

यसअघि नै समूहको दुई खेल जित्दै अन्तिम १६ मा स्थान पक्का गरिसकेको फ्रान्सले पहिलो रोजाईँको दुई खेलाडी बाहेक बाँकी स्थानमा परिवर्तन गरेको हो । यसअघि डेनमार्कलाई २-१ ले पराजित गरेको टिममा पहिलो रोजाईँमा खेलेका ११ मध्ये राफेल भरान र ओरेलियन चुवामेनी मात्र ट्युनिसिया विरुद्ध पहिलो रोजाईँमा छन् ।

फ्रान्सले अष्ट्रेलिया र डेनमार्कलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाइसकेको अवस्थामा अन्य खेलाडीलाई पहिलो रोजाईँमा अवसर दिएको हो । नियमित गोलकिपर तथा ह्युगो लोरिसलाई आराम दिँदा भरानले कप्तानी गरेका छन् ।

गोलकिपरमा स्टेभ मानडान्डा छन् भने भरानसहित इब्राहिम कोनाटे एक्सल डिसासी र एडुअर्डो कामाभिंगालाई डिफेन्समा खेलाइएको छ । चुवामेनी, युसुफ फोफाना र जोर्डन भेरेटोट मिडफिल्ड तथा किंगसले कोमन, माटेओ गुएनोउजी र रान्डल कोलो मुअनी फरवार्डमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?