+
+

महोत्सव रोक्न माग गर्दै तुलसीपुर उपमहानगरपालिका कार्यालयमा तालाबन्दी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १५ गते १३:३१

१५ मंसिर, दाङ । मेला महोत्सव रोक्न माग गर्दै तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ ।

युथ्स अफ तुलसीपुरको आयोजनामा बिहीबार सुरु भएको महोत्वसको विरोध गर्दै संघले तुलसीपुर उपमहानगरपालिकाको मूल गेट, मेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा बिहीबार बिहान ११ बजे तालाबन्दी गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलसहितका केही कर्मचारी कार्यालयभित्र थुनिएका छन् । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले कोरोनाले व्यापार व्यवसाय थलिएको बेला मेला महोत्सव गर्न नमिल्ने बताए ।

उनले अहिले महोत्सव गर्ने उपयुक्त समय नभएको भन्दै महोत्सवको विरोधमा कार्यालयमा तालाबन्दी गरेको बताए । मेला महोत्सव नरोकेसम्म आफूहरुको आन्दोलन जारी रहने उनको अडान छ ।

उद्योग वाणिज्य संघले महोत्सवको विरोधमा बुधबार पनि तुलसीपुर बजार ठप्प पारेको थियो । जिल्लाा प्रशासन कार्यालय दाङले मंसिर ९ गते नै मेला महोत्सव रोक्न भन्दै निर्देशन जारी गरेको थियो ।

यता, महोत्सव आयोजक संस्था युथ्स् अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले भने महोत्सव जारी रहने बताए । ‘हामीले अनुमति लिएरै महोत्सव लगाएका छौं ’ उनले भने, ‘अनुमति लिइसकेपछि महोत्सव रोक्ने कुरा हुदैन ।’ उनले अहिलेसम्म महोत्सव सञ्चालनका लागि लाखौं खर्च समेत भइसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?