News Summary
Generated by OK AI. Editorially reviewed.- शुक्रबार सुनको भाउ तोलामा ३ हजार ३ सय रुपैयाँ बढेर ३ लाख १६ हजार ७ सय रुपैयाँ पुगेको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँ थियो।
- चाँदीको भाउ पनि तोलामा १३० रुपैयाँ बढेर ४ हजार ९८५ रुपैयाँ कायम भएको छ।
५ भदौ, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ३ हजार ३ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १३ हजार ४ सय रुपैयाँ थियो। एक सातामै सुनको भाउ १५ हजार १ सय रुपैयाँ बढेको छ । गत शुक्रबार सुनको भाउ ३ लाख १ हजार ६ सय रुपैयाँ थियो ।
चाँदी तोलामा १३० रुपैयाँ बढेको छ । महासंघले अघिल्लो दिन प्रतितोला ४ हजार ८५५ रुपैयाँ तोकेको चाँदीको मूल्य आज ४ हजार ९८५ रुपैयाँ कायम गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4