+
+

घाइते नगर प्रहरीले सुकुम्बासीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १५ गते १४:३६

१५ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरीले थापथलीमा सुकुम्बासी बस्ती हटाउन जाँदा आक्रमण गर्ने १८ जना विरुद्ध प्रहरीमा किटानी जाहेरी दिने भएको छ ।

काठमाडौं महानगर प्रहरीका प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार महानगरीय प्रहरी परिसर टेकुमा घाइते नगर प्रहरीहरुले किटानी जाहेरी दर्ता गर्न लागेका हुन् ।

अर्याल भन्छन्, ‘आज घाइतेहरुको तर्फबाट प्रतिकार गर्नेहरुको नाम सहित टेकु परिसरमा महानगर प्रहरीले किटानी जाहेरी दिँदै छौं, पत्र समेत तयार भइसकेको छ ।’

गत सोमबार महानगरप्रहरी काठमाडौं ११ थापाथलीस्थित बागमती किनारमा रहेको अव्यवस्थित बस्ती हटाउन जाँदा बस्तीमा रहेकाहरुले नगरप्रहरीमाथि घरेलु हतियारसहित आक्रमण गरेका थिए ।

त्यसक्रममा ३६ जना नगर प्रहरी घाइते भएका थिए । जसमा ३ जना गम्भीर भएको नगर प्रहरीले जनाएको छ ।

यसअघि महानगरपालिकाले नगरप्रहरी विरुद्ध आक्रमण भएको भन्दै जिल्ला प्रशासन कार्यालय र प्रहरीमा चिठी पठाएको थियो ।

बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले चिठी अनुसार कारबाही अगाडी बढाउन प्रहरीलाई निर्देशन दिएको थियो । तर प्रहरीले कारबाही अगाडी नबढाए पछि महानगर प्रहरीले किटानी जाहेरी नै दिने तयारी गरेका एक नगर प्रहरी अधिकृतले बताए ।

काठमाडौंको थापाथलीमा १ सय ४३ घरधुरी अव्यवस्थित बसोबास रहेको अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समिति प्रारम्भिक अध्ययनले देखाएको छ । काठमाडौं महानगरपालिका भरी गरेर २ हजार २४५ अव्यवस्थित घरधुरी रहेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?