+
+

बालेन शाहविरुद्धको नाराबाजीप्रति मधेशी आयोगको चासो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १५ गते १५:३१

१५ मंसिर, काठमाडौं । मधेशी आयोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध नाराबाजी गरेको भिडियोमा मधेशी समुदायमाथि अपमानजनक शब्द प्रयोग गरिएको भन्दै यसमा संलग्नलाई कारबाही गर्न गृह मन्त्रालय र प्रहरीलाई आग्रह गरेको छ ।

मंसिर १४ गते सामाजिक सञ्जालमा धेरै प्रचार भएको एक भिडियोमा मेयर बालेन शाहविरुद्ध नाराबाजी भएको थियो । त्यस क्रममा मधेशी समुदायमाथि अपमानजनक शब्द  प्रयोग गरी सम्पूर्ण मधेशी समुदायलाई अपमानित र सामाजिक सद्भाव तथा राष्ट्रिय एकता खलल पार्ने काम भएको आयोगले बताएको छ ।

आयोगकी उपसचिव सविता डंगोलले गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई लेखेको पत्रमा भनिएको छ, ‘…थापाथलीस्थित सुकुम्बासी जग्गासम्बन्धी महानगरको कार्यको विरोधको क्रममा सामाजिक सञ्जालमा एक व्यक्तिले सम्पूर्ण मधेशी समुदायलाई अपमानित र सामाजिक सद्भाव तथा राष्ट्रिय एकता खलल पार्ने कार्य गरेको हुनाले निजलाई कानुन बमोजिम कडा भन्दा कडा कारबाही गर्नका लागि आदेशानुसार अनुरोध छ ।’

आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले आयोगले नेपाल प्रहरीलाई भिडियो माथि छानबिन गरी कारवाही गर्न पत्राचार गरेको बताए ।

हेर्नुहोस् मधेशी आयोगको पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?