+
+

क्यानडालाई हराउँदै मोरक्को समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १५ गते २३:०६

१५ मंसिर, काठमाडौं । समूहको अन्तिम खेलमा बिहीबार क्यानडालाई ३-१ ले पराजित गर्दै मोरक्को समूह एफको विजेता बनेर कतारमा जारी फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ ।

साविक उपविजेता क्रोएसिया, बेल्जियम जस्ता टिम रहेको समूह एफमा अपराजित रहँदै मोरक्कोले ७ अंक जोड्यो ।

अल थुमामा रंगशालमा भएको खेलमा मोरक्कोका लागि हाकिम जिउचले खेलको चौथो मिनेटमै गोल गरे भने युसुफ एन नेस्रीले २३औं मिनेटमा गोल गरे ।

क्यानडाले आत्मघाती गोल उपहार पाउँदा गोल अन्तर घटाएको थियो । तर गोल फर्काउन सकेन ।

मोरक्कोका नाएफ अगुएर्डले ४०औं मिनेटमा आत्मघाती गोल गरेका थिए । यो गोल जारी विश्वकपको पहिलो आत्मघाती गोल हो । यस्तै कतार विश्वकपको एक सयौँ गोल समेत यही गोल बाट पूरा भएको छ ।

क्यानडा समूहमा सबै तीन खेल हार्दै बाहिरिएको छ । १९८६ पछि पहिलो पटक नकआउट चरणमा पुगेको मोरक्कोले अब अन्तिम १६ मा समूह इ को उपविजेतासँग खेल्नेछ ।

मोरक्को ३६ वर्षपछि विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको हो । सन् १९८६ मा इंग्ल्याण्ड, पोर्चुगल र पोल्याण्ड जस्ता टिम रहेको समूहमा मोरक्को अपराजित रहेर समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको थियो । तर, पश्चिम जर्मनीसँग पराजित हुँदै बाहिरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?