+
+

फिल्म ‘गुञ्जन’को गीत ‘सास चल्छ’मा रोमान्टिक सारा र प्रितम

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १६ गते १४:०५

काठमाडौं । पुस २९ गतेदेखि प्रदर्शन हुन लागेको फिल्म ‘गुञ्जन’को पहिलो गीत ‘सास चल्छ’ सार्वजनिक भएको छ ।

प्रविशा अधिकारी र आरिफ रौफको स्वर रहेको गीतमा कर्णराज कार्कीले संगीत दिएका छन् । रोमान्टिक थिममा बनेको गीतमा सारा श्रीपाली र प्रितमराज सेञ्चुरीको रोमान्स देख्न सकिन्छ ।

अष्ट महर्जनको निर्देशन रहेको फिल्ममा सरोज खनाल, हिउँवाला गौतम, कबीर खड्का, रोहन शाही, निरुता स्याङ्तान लगायतको अभिनय छ ।

दुई दशकदेखि फिल्ममा द्वन्द्व निर्देशन गर्दै आएका महर्जनको यो डेब्यु निर्देशित फिल्म हो । प्रितमराजले पनि अभिनयमा डेब्यु गरेका हुन् । हीराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म एएच इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो ।

‘गुञ्जन’लाई सेन्सर बोर्डले सबैले हेर्न मिल्ने ‘युनिभर्सल प्रमाणपत्र’ दिएको छ । प्रेमकथामा निर्माण भएको फिल्म काठमाडौं, पोखरा, जोमसोम र दुबईमा छायांकन गरिएको छ । फिल्ममा कविराज गहतराजको नृत्य निर्देशन, राजेश श्रेष्ठको छायांकन र विपिन मल्लको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?