+
+

चीनमा लगानी गर्ने विदेशी कम्पनीलाई स्वागत गर्ने चिनियाँ प्रधानमन्त्रीको भनाइ

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १६ गते १४:४०

१६ मंसिर, काठमाडौं । चीनका प्रधानमन्त्री ली खछ्याङले चीनमा लगानी गर्ने विदेशी कम्पनीलाई स्वागत गर्ने बताएका छन् ।

चीनका प्रधानमन्त्री ली खछ्याङले बेइजिङमा युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेलसँग भेटवार्ता गर्दै चीनमा लगानी जारी राख्न विदेशी कम्पनीहरूलाई आग्रह गरेको बताए ।

उनले बजार–आधारित र कानून–आधारित अन्तर्राष्ट्रिय व्यापार वातावरणलाई बढावा दिन जारी राख्ने र सबै प्रकारका कम्पनीहरूलाई समान र निष्पक्ष रूपमा व्यवहार गर्ने प्रतिवद्धता जनाएका छन् ।

‘चीन पारस्परिक सम्मान र समानताको आधारमा युरोपेली सङ्घसँग सहयोग बढाउन र चीन–ईयू व्यापक रणनीतिक साझेदारीको सुदृढ र स्थिर विकासलाई बढावा दिन मतभेदहरूलाई उचित तरिकाले सम्बोधन गर्न तयार छ,’  प्रधानमन्त्री लीले भने ।

चीनले आफ्नो वित्तीय क्षेत्रलाई निरन्तर खुला गर्ने र योग्य विदेशी संस्थागत लगानीकर्ताहरूबाट थप लगानीलाई प्रोत्साहित गर्ने र घरेलु वित्तीय स्थिरता कायम गर्ने लीले बताएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?