+
+

बीग मार्टमा स्मार्ट क्यूआरबाट भुक्तानी गर्दा तरकारी र फलफूलमा १५ प्रतिशतसम्म छुट

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १६ गते १६:१७

काठमाडौं । बीग मार्टबाट तरकारी तथा फलफूल खरिद गरेपछि स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा विशेष छुट पाउने भएको छ । बीग मार्टमा हरेक बुधबार र शनिबार तरकारी तथा फलफूल खरिद गर्ने ग्राहकले स्मार्ट क्यूआर मार्फत भुक्तानी गरेमा १५ प्रतिशतसम्म छुट पाउने भएका हुन् ।

स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले बीग मार्टको सम्पूर्ण शाखाहरुमा क्यूआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्नेछन् ।

यस अफर अन्तर्गत बीग मार्टको सम्पूर्ण शाखामा एनआईसी एशिया बैंक, ग्लोबल स्मार्ट प्लस, आइएमई पे, खल्ती, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आईक्यास, क्यू पे तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिने बीग मार्टले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?