+
+

‘प्रेमगीत ३’ निर्माता सेनविरुद्धको उजुरी चलचित्र निर्माता संघले गर्‍यो खारेज

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १६ गते १६:२७

काठमाडौं । चलचित्र निर्माता संघले फिल्म ‘प्रेमगीत ३’का निर्माता सन्तोष सेनविरुद्ध दर्ता भएको डिजिटल अधिकार उल्लंघनविरुद्धको उजुरीलाई खारेज गर्ने निर्णय गरेको छ ।

निर्माता सेनले आफूहरुबीच भएको सम्झौता उल्लंघन गरेको भन्दै ४ करोड ८४ लाख रुपैयाँ ‘लगानी रकम फिर्ता गराइपाउँ’ भन्दै गत आइतबार भारतको सिक्किम निवासी रामगोपाल राईले संघमा निवेदन दिएका थिए ।

निवेदन दर्ता भएपछि संघले दुवै पक्षलाई शुक्रबार दिउँसो २ बजे छलफलमा बोलाएको थियो । निर्माता सेन उपस्थित भए पनि निवेदक राई भने उपस्थित भएनन् ।

छलफलमा बोलाउँदा पनि निवेदक नआएको र निर्माता सेनले उक्त सम्झौता सन् २०२१ डिसेम्बरमै खारेज भइसकेको कागजपत्र पेस गरेकाले निवेदनलाई अघि नबढाउने निर्णय भएको चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले जानकारी दिए ।

‘निवेदक नै आउनुभएन र अर्को कुरा त्यो सम्झौता यसअघि नै खारेज भइसकेको कागजपत्र हामीले पायौं । सोहीअनुसार निवेदनलाई खारेज गर्ने निर्णय भएको छ,’ खड्काले अनलाइनखबरसँग भने ।

खड्काले भने, ‘यदि उहाँ (राई) वास्तविक रुपमै पीडित हुनुहुन्छ भने अदालत र प्रहरीकहाँ जान सक्नुहुन्छ, तर हामीले हेर्दा उहाँलाई पीडित पाएनौं ।’

निवेदक राईले डिजिटल अधिकारका लागि सो रकम तिरेको आफूले अहिलेसम्म राइट प्राप्त नगरेको भन्दै उजुरी दिएका थिए । तर अनलाइनखबरसँग कुरा गर्दै निर्माता सेनले यसअघि नै खारेज भइसकेको सम्झौता देखाएर आफ्नो चरित्र हत्या गर्न खोजेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?