+
+
Shares

७५ रुपैयाँका लागि महिलाको गोली हानी हत्या, सात पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १७ गते ११:४७
Photo Credit : Mohar Singh Meena/BBC

१७ मंसिर, काठमाडौं । भारतको राजस्थानको करौली जिल्लाको मालपुर थाना क्षेत्रमा बुधबार एक महिलाको गोली हानी हत्या गरिएको छ ।

बीबीसीका अनुसार घटना रोक्न प्रयास गरिरहेका अन्य दुई युवा घाइते भएका छन् । प्रहरीले घटनामा संलग्न सात आरोपीहरूलाई शुक्रबार पक्राउ गरेको छ ।

मसलपुर प्रहरी चौकीका प्रमुख पुरुषोत्तम सिंहले बीबीसीलाई भने, ‘देवरी गाउँमा मृतक महिलाको परिवारले खेत जोत्न ट्याक्टर मागेको थियो, जोतिसकेपछि पीडित पक्षले सवा बिघा खेत जोतिएको बताएको थियो भने अभियुक्त पक्षले डेढ बिगा भएको जिकिर गरेको थियो । आधा बिघा जग्गा कम कि बढी जोतेको भन्ने विवाद बढ्दै गएपछि घटना घट्यो ।’

उनले भने, ‘सुरुमा ७५ रुपैयाँको लेनदेनमा कुरा नमिल्दा गोली हानेर हत्या भएको घटना बाहिर आएको छ। अहिले सात जना पक्राउ परेका छन्, अनुसन्धान जारी छ।’

मृतक महिलाको परिवार र अभियुक्त एउटै गाउँका हुन् । महिलाको हत्यापछि गाउँमा तनाव बढेको छ ।

मसलपुरका एक स्थानीयले भने, ‘अहिले धेरैजसो किसानले गहुँ छर्नका लागि खेत जोतिरहेका छन् । उनीहरूले एक बिघा जोत्न रु ३०० देखि ३५० रुपैयाँ लिन्छन्।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?