+
+

दयाहाङ राई निर्देशित ‘कुभिण्डोको कथा’ मञ्चनसँगै सकियो नाट्य महोत्सव

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १८ गते ११:५५

काठमाडौं । दयाहाङ राई निर्देशित नाटक ‘कुभिण्डोको कथा’ मञ्चनसँगै नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको दोस्रो संस्करण सम्पन्न भएको छ ।

मंसिर ९ गतेदेखि सुरु भएको शनिबार सकिएको हो । समापन समारोहमा अर्थमन्त्री जनार्दन शर्मा, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा लगायतको उपस्थिति थियो ।

उक्त अवसरमा बोल्दै मन्त्री शर्माले समाजमा भएका घटना र कथालाई प्रस्तुत गर्ने सन्दर्भमा नाटक महत्वपूर्ण विधा रहेको बताए । यो क्षेत्रमा सरकारको ध्यान नपुगेको र सरकारले आगामी दिनमा कमजोरी सच्याउने प्रतिबद्धता जनाए ।

‘यति महत्वपूर्ण क्षेत्रमा सरकारको ध्यान पुगेको छैन । तपाईंहरुले अपेक्षा गर्नुभएको आवश्यक सहयोग पूरा गर्नेतर्फ सरकारको प्रतिबद्धता रहन्छ,’ मन्त्री शर्माले भने ।

महोत्सव संयोजक सिर्जना सुब्बाले कोरोना महामारीपछि सुस्ताएको रंगमञ्चलाई लयमा ल्याउन महोत्सवले भूमिका खेल्ने बताइन् । नाटकको अन्तिम दिन शनिबार ‘रंगमञ्च अभिनय र चलचित्र अभिनयका फरक आयाम’ शीर्षकमा प्यानल छलफल भएको थियो ।

समापनको दिन दयाहाङ राई निर्देशित ‘कुभिण्डोको कथा’ मञ्चन भएको थियो । महोत्सवमा १२ देशका १८ नाटक मञ्चन भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?