+
+

रुपन्देही, नवलपरासी र कपिलवस्तुका ९ सहकारीबीच मर्जर सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १८ गते १३:००

१८ मंसिर, बुटवल । रुपन्देही,नवलपरासी र कपिलवस्तुका ९ वटा सहकारी संस्थाहरुबीच एकीकरण (मर्जर) सम्झौता भएको छ ।

रुपन्देहीका एक सहकारीसहित ७ वटा बहुउद्देश्यीय तथा कपिलवस्तु र नवलपरासीका एक/एक वटा बहुउद्देश्यीय सहकारी मिलेर सिद्धबाबा बहुउद्देश्यीय सहकारी संस्था (प्रस्तावित) गठन गर्ने सम्झौता भएको हो ।

एकीकरण हुने सहकारीहरुमा बुटवलको आगन्तुक बचत तथा ऋण सहकारी संस्था, भैरहवाको सार्थक र जनप्रिय, बुटवलका शाइन, उपदेश, उपकार र बरदान बहुउद्देश्यीय सहकारी संस्था तथा कपिलवस्तु चन्द्रौटाको शुभ सन्देश र पश्चिम नवलपरासीको शुभश्री बहुउद्देश्यीय सहकारी संस्था रहेका छन् ।

प्रस्तावित सिद्धबाबा वहुउद्देश्यीय सहकारी संस्था तदर्थ समितिका अध्यक्ष प्रकाश खनालका अनुसार मर्जर पश्चात सहकारीको कुल निक्षेप संकलन ३३ करोड ४४ लाख ७२ हजार २ सय ८७ हुनेछ । यस्तै कर्जा प्रवाह २९ करोड ६२ लाख ८५ हजार ९ सय ८२ हुनेछ ।

एकीकरण पश्चात संस्थामा १२.६९ प्रतिशत तरलता कायम हुने जनाइएको छ । यस्तै अचल सम्पत्ति २ करोड ८१ लाख ६७ हजार १ सय ४७ र शेयर पुँजी ३ करोड ७१ लाख ४२ हजार ३ सय ३ रुपैयाँ हुनेछ भने एकीकरण पश्चत शेयर सदस्यहरुको संख्या २२ हजार ४ सयस १३ जना रहने छन् ।

सहकारी एकीकरण घोषणा कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केपी उप्रेतीले एउटै ठाउँमा समान उद्देश्य भएका धेरै सहकारी संस्थाहरु सञ्चालन हुँदा अस्वस्थ प्रतिस्पर्धाका कारण जोखिम बढ्ने भएकाले एकीकरण भएर दीगो र सुदृढ संस्था बनाउनु उपयुक्त हुने बताए ।

जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भीम तुलाचनले एकीकरणले सञ्चालन खर्च घट्न जाने र नाफा बढ्ने भएकाले समान प्रकृतिका सहकारीहरु एकीकरण भएर बलियो संस्था बनाउनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?