+
+

संसारकै महँगो आलु, एक किलो किन्न खर्चिनुपर्छ ८० हजार रुपैयाँ

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १८ गते १४:१९

तरकारीको राजा भनिने आलु सबैजसो आर्थिक हैसियत भएका मानिसले किनेर खानसक्ने खाद्यवस्तु हो । सिजनका बेला आलुको भाउ निक्कै घट्छ पनि ।

तर सर्वसुलभ पाइने आलुको पनि संसारमा यस्तो प्रजाति छ, जसको एक किलोको मूल्य मात्रै ८० हजार रुपैयाँ पर्छ । संसारकै महँगो यो आलुको नाम ले बोनोट्टे हो । यो आलु फ्रान्समा फलाइन्छ ।

फ्रान्सको इले डी नोइरमाउटिएर टापुमा फलाइने यो आलुको खेती गर्न एक विशेष खालको बलौटे माटोको प्रयोग हुन्छ । साथै आलुबारीमा सामुद्रिक झारलाई मलको रुपमा प्रयोग गरिन्छ । यो आलुको खेती केवल ५० वर्गमिटरको जमिनमा हुने गरेको छ ।

यतिधेरै महँगो यो आलु बजारमा वर्षको केवल १० दिन मात्र किन्न पाइन्छ । यो आलुलाई विशेषगरी सलाद तथा सुप बनाउन प्रयोग गरिन्छ भने विभिन्न खालका रोगमा घरेलु उपचारमा पनि प्रयोग हुन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?