+
+

अर्जेन्टिनाको विश्वकप सपना कायम राख्दै मेसी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १८ गते १७:१३

१८ मंसिर, काठमाडौं । अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले आफ्नो करिअरको एक हजारौँ व्यवसायिक खेलमा गोल गर्दै आफ्नो देशलाई विश्वकप दिलाउने सपना कायम राखेका छन् ।

मेस्सी र युलियन अल्भारेजको गोलमा गएराति अष्ट्रेलियालाई २-१ ले पराजित गर्दै अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप उपाधि खडेरी तोड्न अर्को कदम चालेको छ ।

अर्जेन्टिनाले अब क्वार्टरफाइनलमा नेदरल्याण्ड्स विरुद्ध खेल्नेछ । पूरा देशकै आशाको रुपमा रहेका मेस्सीलाई अब केही दिन आराम हुनेछ । उनी तीन गोल गर्दै जारी विश्वकपमा सर्वाधिक गोल गर्नेमा संयुक्त रुपमा अगाडि छन् ।

आफ्नो करियरको ७८९औं गोल गरेका मेसी भने, ‘अर्को पाइला अघि बढाएर, अर्को लक्ष्य हासिल गर्न पाउँदा म खुसी छु । यो निकै प्रतिस्पर्धात्मक र कठिन खेल थियो ।’

खेल सकिएको सिठ्ठी बजेपछि फ्यानहरू ‘मेस्सी, मेस्सी, मेस्सी’ भन्दै नारा लगाइरहेका थिए । जहाँ मेस्सी आफ्नो टोलीका साथीहरूसँग मिलेर उफ्रिरहेका थिए ।

मेस्सीले भने, ‘प्रशंसकहरूसँग उनीहरूको सुन्दर पल सेयर गर्न पाउँदा म साँच्चै खुसी छु । मलाई थाहा छ उनीहरूले यहाँ आउन कत्तिको मेहनत गरेका छन् र मलाई थाहा छ सम्पूर्ण अर्जेन्टिना यहीँ आउन चाहन्छ ।’

इङ्गल्याण्डका पूर्व कप्तान एलन शियररले पनि मेसीको प्रशंसा गरे । उनले बीबीसी वनमा भने, ‘हामी यो स्टेडियममा उनलाई हेर्न पाउँदा धेरै भाग्यमानी छौं । उनको कस्तो गज्जबको प्रदर्शन । हामीले उनको क्षमता, भोक र इच्छाको बारेमा कुरा गरेका छौं ।’

मेस्सीले गएराति गरेको गोल विश्वकपको नकआउट चरणमा उनको पहिलो गोल थियो । तर उनको कूल ९ गोल गाब्रिएल बाटिस्टुटाको भन्दा एकले कम छ । अष्ट्रेलियाको विरूद्ध मेस्सीले आफ्नो पासको ९० प्रतिशत पूरा गरे, चार अवसर सिर्जना गरे र विपक्षी क्षेत्रमा नौ टच गरे ।

अष्ट्रेलियाका प्रशिक्षक ग्राहम अर्नोल्डले भने, ‘उनी अविश्वसनीय छन् । अहिलेसम्मकै महान्मध्ये एक । हामीले उनलाई रोक्न कडा मेहनत गर्‍यौं, तर उनी उत्कृष्ट छन्’, उनले भने ।

१९८६ को जस्तै ?

लियोनल स्कालोनीको प्रशिक्षणमा अर्जेन्टिना तेस्रो विश्वकप उपाधि जित्ने लक्ष्यमा छ । पछिल्लो पटक डिएगो म्याराडोनाको प्रेरणामा अर्जेन्टिनाले १९८६ मा विश्वकप जितेको थियो ।

स्टेडियमा बाहिर हिँड्दा त्यहाँ अर्जेन्टिनाको नम्बर १० टिसर्टको सागर नै देखिन्छ । जहाँ जर्सीपछाडि मेस्सी र म्याराडोना दुबैको नाम प्रिन्ट गरिएको छ ।

बीबीसी प्रिजेन्टर तथा इंग्ल्याण्डका पूर्व स्ट्राइकर ग्यारी लिनेकरले म्याराडोनाका विरुद्ध १९८६ मा खेलेका थिए । उक्त क्वार्टरफाइनल खेलमा म्याराडोनाले हातले गोल गरेका थिए ।

लिनेकरले भने, ‘यो टिमले मलाई १९८६ को म्याराडोनाको टिम केही हदसम्म सम्झाएको छ । उनीहरु विरुद्ध खेल्न कठिन र गाह्रो छ’ लिनेकरले भने, ‘उनीहरुलाई हराउन गाह्रो थियो र म्याराडोनाको म्याजिकमा भर पर्थ्यो । त्यो बेला र अहिले धेरै कुरामा समानता छ । म्याराडोना आफ्नो उच्च फर्ममा थिए । मेस्सी निश्चय नै करियरको अन्त्यतिर पुगिरहेका छन् ।’

लिनेकरले मेस्सी र म्याराडोना दुवै उस्तै रहेको बताए । ‘उनले यस्तो काम गर्छन् जुन मैले अरु खेलाडीमा देखेको छैन । सम्भवत म्याराडोनाले यो गरेका थिए । र यी दुई खेलाडीहरू छन्, दुबै लेफ्ट फुटेड र दुबै एउटै देशका, दुबै साना …।’

अर्जेन्टिनाका पूर्व डिफेण्डर पाब्लो जाबालेटाले अहिलेसम्म अर्जेन्टिनी टठिम मेस्सीमै निर्भर रहेको बताए । ‘जब मेस्सी बलमा हुन्छन्, उनी मात्र एक खेलाडी हो जसले यति धेरै खतरा ल्याउँछ ।’

मेस्सीको संख्या तथ्य

मेस्सी विश्वकपको नकआउट चरणमा गोल गर्ने पाका अर्जेन्टाइन खेलाडी बने । उनले रोबर्ट आएलाको कीर्तिमान तोडे । मेस्सी पाँच फरक विश्वकप खेल्ने ६ मध्ये एक खेलाडी हुन् ।

मेस्सीले आफ्नो ३५औं जन्मदिनपछि विश्वकपमा तीन गोल गर्ने दोस्रो खेलाडी हुन् । क्यामरुनका रोजर मिल्लाले ५ गोल गरेका थिए । बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?