+
+

दोलखामा एमाले उम्मेदवार शिवाकोटी ३६ मतले अगाडि

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १९ गते ७:२०

१९ मंसिर, काठमाडौं । दोलखामा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटी र नेकपा माओवादी उम्मेदवार गंगा कार्कीबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

ओराङ क्षेत्रको मतगणना सकिंदा एमाले उम्मेदवार शिवाकोटी माओवादीका कार्कीभन्दा ३६ मत अन्तरले अगाडि छन् । शिवाकोटीको ३३ हजार ९३९ र कार्कीको ३३ हजार ९०३ मत छ । ओराङको मत गन्नुअघि कार्की ११४ मत अन्तरले अघि थिए ।

अब विगु गाउँपालिकाको लामाबगर, शैलुङ गाउँपालिकाका दूधपोखरी र भुषाफेदा र मेलुङ गाउँपालिकाको पवटीको मत गणना हुन बाँकी छ । मत गणना अन्तिम चरणमा आइपुग्दा प्रतिस्पर्धा पनि रोचक बनेको छ ।

मंसिर ४ गतेको निर्वाचनमा दोलखाका १० क्षेत्रमा धाँधली भएको निष्कर्षसहित ती क्षेत्रमा मंसिर १५ गते पुनः निर्वाचन भएको थियो ।

प्रदेश सभामा काफ्ले र केसी निर्वाचित 

प्रदेश सभा १ बाट भने नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्ले निर्वाचित भइसकेका छन् । कांग्रेस केन्द्रीय सदस्य काफ्ले, नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई ७ हजार ८७५ मत अन्तरले पछि पार्दै निर्वाचित भएका हुन् । उनले २३ हजार २३१ मत पाएका छन् । नेकपा एमालेका श्रेष्ठले मत १५ हजार ३५६ मत प्राप्त गरेका छन् ।

प्रदेश सभा २ मा नेकपा एमालेका उम्मेदवार भरतबहादुर केसी निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका अनुसार केसी १९ हजार ४१४ मत प्राप्त गरी प्रदेश सभा सदस्य निर्वाचित भएका हुन् । उनका निकटत प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बर्मा लामाले १७ हजार ५९५ मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?