+
+

विश्वकपमा छाउँदै युलियन अल्भारेज, लाउटारोले खेल्न नसक्दा पाएका थिए अवसर

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १९ गते १७:०३

१९ मंसिर, काठमाडौं । अर्जेन्टाइनी फुटबलर युलियन अल्भारेजका लागि यस सिजन धेरै अर्थमा सिकाई छ । उनले क्लब फुटबलमा र अन्तर्राष्ट्रिय फुटबलमा ठूला स्टारबाट सिकिरहेका छन् ।

म्यानचेष्टर सिटीमा पहिलो वर्षमै एर्लिङ हालान्डसँग खेल्न र सिक्न पाएका उनी विश्वकपमा लिओनल मेसीको टिम मेट छन् ।

कोपा लिबरटाडोरेसमा एकै खेलमा रिभर प्लेटका लागि ६ गोल गरेका २२ वर्षीय अल्भारेज ठूलो खेलमा प्रदर्शन गर्नकै लागि जन्मेका हुन् । विश्वकपमा उनले फुटबलकै महान मध्ये एक मेसीसँगै खेलिरहेका छन् । समर्थकको अगाडि कतारमा खेलिरहेका छन् जहाँ अर्जेन्टिनी समर्थकको बाक्लो उपस्थिति छ ।

‘एकदमै ठूलो खुशी,’ शनिबार अन्तिम १६ को खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई २-१ ले पराजित गरेपछि अल्भारेजले भने, ‘म जहाँ खेल्छु, म सधैं आफ्नो उत्कृष्ट दिने प्रयास गर्नेछु । मैदानमा हुँदा वा वेन्चमा हुँदा पनि म टिममेटलाई चियर गरिरहेको हुन्छु । हामी अर्जेन्टिनालाई खुशी बनाउनका लागि यो बाटोलाई निरन्तरता दिनेछौं ।’

अर्का स्टारइकर लाउटारो मार्टिनेजले अर्जेन्टिनाका लगि सेन्टर फरवार्डमा आफूलाई स्थापित गर्न नसक्दा त्यसको फाइदा अल्भारेजलाई मिल्यो । दुई खेलाडीको लयको फरक अष्ट्रेलिया विरुद्ध प्रष्ट देखियो ।

अल्भारेजको स्थानमा मैदान प्रवेश गरेका मार्टिनेजले दुई राम्रो अवसर खेर फाले । उता अल्भारेजले भने खेलमा पाएको एकै अवसरमा गोल गरे । त्यो गोलले नै भन्छ उनी कस्तो प्रकारका खेलाडी हुन्छन् भनेर अनी किन उनलाई अर्जेन्टिनी समर्थकले माया गर्छन् भनेर ।

गोल गर्ने कलाकै कारण अल्भारेजले अष्ट्रेलियाका गोलकिपर म्याथ्वु राएनलाई छक्काएका थिए । अर्जेन्टिनाका रोड्रिगो डे पउलले पनि राएनलाई दबाब दिएका थिए । अल्भारेजले अष्ट्रेलिया विरुद्ध गरेको गरेको गोल पोल्याण्ड विरुद्ध विश्वकपमा गरेको पहिलो गोल भन्दा धेरै परक थिएन । जहाँ उनले टि कर्नरमा कर्लिङ सट हानेका थिए ।

ला अरना उपनामबाट पनि चिनिने अल्भारेज ट्याप इन्स, लिंक अफ प्ले र इन्टेन्स प्रेसिङमा उत्कृष्ट छन् । जसले गर्दा सिटीका म्यानेजर पेप ग्वार्डिओलाले अल्भारेजलाई हालान्डसँगै दोस्रो स्ट्राइकरको रुपमा खेलाएका छन् । केही हदसम्म गाब्री जेसस र रहिम स्टर्लिङलाई बाहिर पठाएर अल्भारेज ल्याएकोमा ग्वार्डिओला खुशी छन् ।

अल्भारेज र जेसस उस्तै किसिमका खेलाडी छन् । उनीहरु डिफेण्डरलाई आराम दिँदैनन् । उनीहरुमा फरक के छ भने गोल गर्ने क्षमतामा अल्भारेजले न्याचुरज फिनिसिर बढी देखिन्छन् ।

मार्टिनेजको हकमा भने गोल गर्ने बेला उनले आफ्नो धैर्य गुमाउँछन् । अष्ट्रेलिया विरुद्ध पनि उनले गोल गर्ने राम्रो अवसर खेर फाले । खेलको अन्तिमतिर गोलकिपर एमिलियानो मार्टिनेजले उत्कृष्ट सेभ गर्दै अर्जेन्टिनालाई बचाएका थिए । यदी त्यो गोल भएको भए लाउटारो मार्टिनेज भिलेन बन्न सक्थे । खेलपछि सामाजिक सञ्जालमा उनी गफको पात्र बन्थे ।

अर्जेन्टिना प्रशिक्षक लियोन स्कालोनी भने आलोचकहरुमा सहमत छैनन् । ‘लाउटारोले हामीलाई धेरै पटक मद्दत गरेको छ त्यसैले म यसबारे विस्तृत रूपमा जान चाहन्न,’ स्कालोनीले भने, ‘यो लाउटारोप्रति अन्यायपूर्ण हुनेछ । उनी हामीलाई मदत गरिरहन्छन् र हामीलाई खुशी बनाउनेछन् ।’

वास्तवमा, प्रशिक्षक स्कालोनीले सन् २०१८ मा पहिलो पटक टिमको प्रशिक्षक बन्दा लाउटारो मार्टिनेज उनको स्ट्राइकर थिए ।

मार्टिनेज यस अवधीमा २१ गोल गरेका छन् र मेसी बाहेक अरु भन्दा बढी हो । तर अहिले मार्टिनेज अल्भारेज भन्दा पछाडि छन् ।

सिटीका लागि राम्रो प्रदर्शन गर्दै अल्भारेज विश्वकपमा आएका थिए । हालान्ड घाइते भएपछि जुलाईमा अल्भारेज रिभर प्लेटबाट सिटी पुगेका थिए । अहिले उनी अर्जेन्टिनालाई तेस्रो पटक विश्वकप उपाधि जिताउने लक्ष्यमा मेसीसँगै अग्रपंक्तिमा छन् ।

‘हामी जहिले पनि यस बाटोमा लागिरहन राम्रो प्रदर्शन दिनेछौँ र मेसीलाई समर्थन गर्नेछौं’,  अल्भारेजले भने, ‘हामी यहाँ घरमा जस्तै महसुस गर्छौं, हामीले खेलेको सबै स्टेडियममा, प्रायजसो मानिसहरू अर्जेन्टिनाका थिए ।’

– एपीको सहयोगमा

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?