+
+
गठबन्धन बैठकपछि माधव नेपाल :

‘चुनावको समीक्षा पछि गरौंला, जनगुनासा सम्बोधन हुने गरी सरकार बनाउने कुरा भयो’

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १९ गते १८:१२

१९ मंसिर, काठमाडौं । आम चुनावपछि बसेको सत्ता गठबन्धनको पहिलो बैठकका दुई एजेन्डा थिए- चुनाव समीक्षा र आगामी सरकार ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक दुवै एजेन्डामा निष्कर्षविहीन रह्यो ।

बैठकबाट निस्कँदै नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आज पहिलो बैठक भएकाले चुनावको समग्र समीक्षा सम्भव नभएको बताए । उनले आगामी सरकार र समग्र सहमतिबारे कुनै निष्कर्ष ननिक्लेको भन्दै आगामी बैठकमा छलफल हुने बताए । तर उनले आगामी बैठक कहिले बस्छ भन्नेबारे केही बताएनन् ।

अनलाइनखबरसँग कुरा गर्दै अध्यक्ष नेपालले भने, ‘चुनावका बारेमा थुप्रै कुराहरु उठेका छन् । समग्र समीक्षा अहिले नै सम्भव छैन । पछि गरौंला भन्ने भएको छ । अहिलेलाई कुरा यत्ति हो, गठबन्धन कायम राखेर अघि बढ्ने । सरकारका बारेमा जनतामा जुन गुनासाहरु सुनिएका छन्, तिनको समेत सम्बोधन हुनेगरी निर्णय गर्ने ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?