+
+

दाङको रेडियो बंगलाचुलीमा तोडफोड

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १९ गते १८:५८

१९ मंसिर, दाङ । दाङको बंगलाचुली गाउँपालिकामा रहेको रेडियो बंगलाचुलीमा एक समूहले तोडफोड गरेको छ ।

सोमबार दिउँसो साढे १ बजे केही ब्यक्ति रेडियोमा प्रवेश गरी तोडफोड गर्नुका साथै कर्मचारीमाथि हातपात गरेको रेडियोका कार्यक्रम संयोजक भूपेन्द्रप्रकाश वलीले बताए । उनले रेडियोमा तोडफोड, कार्यालयको आन्तरिक कागजपत्र च्यातेको, सञ्चारकर्मीलाई हातपात गरिएको बताए ।

एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य भेषराज खत्रीसहित ५० जनाको समूहले रेडियोमा आक्रमण गरेको वलीको भनाइ छ ।

रेडियोमा तोडफोड भएको घटनाप्रति नेपाल पत्रकार संघ दाङले विरोध जनाएको छ । महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी र सचिव आरके शितलले जारी गरेको विज्ञप्तिमा सञ्चारमाध्यम र पत्रकारलाई स्वतन्त्रतापूर्वक काम गर्न नदिनु प्रेस स्वतन्त्रता विरोधी कार्य भएको बताएको छ ।

प्रेस सेन्टर नेपाल दाङका अध्यक्ष पाण्डव शर्मा र सचिव जनक नेपालीले पनि विज्ञप्ति जारी गरी सञ्चार माध्यम र उत्पादित समाचार तथा कार्यक्रममा चित्त नबुझेमा कानुनी उपचार हुँदाहुँदै आक्रमण गर्नु निन्दनीय भएको बताएका छन् । उनीहरुले घटनामा संलग्नलाई कारबाहीको माग पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?