+
+
फिफा विश्वकप :

लिभाकोभिचले ३ पेनाल्टी राेकेपछि जापानलाई हराउँदै क्रोएसिया क्वाटरफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १९ गते २३:५४

१९ मंसिर, काठमाडौं । गोलकिपर डोमिनिक लिभाकोभिचले तीन पेनाल्टी बचाएपछि जापानलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै क्रोएसिया फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अल जानोब रंगशालामा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो । जारी विश्वकपमा नकआउट चरण सुरु भएसँगै पेनाल्टी शुटआउटबाट नतिजा छिनोफानो भएको यो पहिलो खेल हो ।

जहाँ लिभाकोभिच नायक बन्दा क्रोएसियाले सहज जित निकाल्यो ।

लिभाकोभिचले जापानका ताकुमी मिनामिनो, काओरु मितोमा र माया योसिदाको पेनाल्टी बचाए । जापानका ताकुमा असानोले मात्र गोल गर्न सफल भए ।

क्रोएसियाका लागि निकोला भ्लासिक, मार्सेलो ब्राजोभिक र मारियो मलासिकले गोल गरे । क्रोएसियाका मार्को लिभाजाको प्रहार भने पोष्टमा लागेको थियो ।

जापान विरुद्ध पेनाल्टीमा जितपछि क्रोएसियाले विश्वकपमा पेनाल्टी सुटआउटमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ । २०१८ मा रुसमा भएको विश्वकपमा क्रोएसियाले अतिरिक्त समयमा पुगेको तीनमध्ये दुई खेल पेनाल्टीमार्फत जितेको थियो ।

समूह चरणमा पूर्व विजेता जर्मनी र स्पेनलाई हराउँदै सनसनी मच्चाएको जापानले अन्तिम १६ को खेलमा पनि पहिले गोल गर्दै क्रोएसियाविरुद्ध अग्रता लिएको थियो । तर त्यसलाई कायम राख्न नसक्दा बराबरी गोल बेहोर्‍यो ।

४४औं मिनेटमा दाइजेन माएदाले रित्सु दोअनको क्रसमा प्राप्त बलमा सिक्स यार्ड बक्सबाट गोल गरे । पहिलो हाफमा पछि परेको क्रोएसियाले ५५औं मिनेटमा बराबरी गोल फर्कायो । इभान पेरिसिकले डेजान लोभरेनको पासमा गोल गरे ।

त्यसपछि खेलमा दुवै टोलीले गोल गर्ने प्रयास गरे पनि सफल भएनन् । दुवै टिमका गोलकिपरले केही राम्रा बचाउ पनि गरे । क्रोएसियाले अब ब्राजिल र दक्षिण कोरियाबीच आजै मध्यरातमा हुने खेलको विजेतासँग खेल्नेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?