+
+

बिहे भोज खाएका ३५ जना बिरामी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २० गते ७:४०
गएराति बिजुवार अस्पतालमा बिरामीहरु । तस्वीर : सलिम अन्सारी

२० मंसिर, प्युठान । विवाहको भोज खाएका प्युठान नगरपालिका–६ माझकोटका ३५ जना जन्ती बिरामी परेका छन् ।

पाल्पाको एक बिहेभोजमा सहभागी एउटै गाउँका ३५ जना बिरामी भएको प्युठान प्रहरीका प्रवक्ता इन्सपेक्टर सुशील थापामगरले जानकारी दिए ।

शुक्रबार जन्ती गएर घर फर्किएका उनीहरुमा ज्वरो, पखाला र बान्ताको समस्या देखिएपछि सबैलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार पठाइएको थियो । प्युठान नगरपालिकाका मेयर देवेन्द्र बर्माका अनुसार बिरामीहरुलाई चार ओटा एम्बुलेन्सबाट प्युठान अस्पतालमा ल्याइएको थियो ।

प्युठान प्रहरीका प्रवक्ता थापामगरका अनुसार बिरामी परेकाहरु सबैको अवस्था सामान्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?