+
+

दीपिका पादुकोणले फिफा विश्वकपको समापनमा ट्रफी अनावरण गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २० गते १०:४०

काठमाडौं । भारतीय अभिनेत्री दीपिका पादुकोणले कतार संस्करणको फिफा विश्वकप फुटबलको समापन समारोहमा ट्रफी अनावरण गर्ने भएकी छन् ।

फिफाको इतिहासमा कुनै विश्व सेलिव्रिटीले पहिलोपटक ट्रफीलाई अनावरण गर्न लागेको खबर भारतीय संचारमाध्यमले लेखेका छन् । अन्तिम खेल पुस ३ गते आइतबार लुसैल रंगशालामा हुँदैछ ।

स्रोतका अनुसार विश्वकप समारोहमा भाग लिन दीपिका चाँडै कतारतर्फ प्रस्थान गर्ने भएकी छन् । विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा जुरीको रुपमा सहभागि भएको केही महिनामै दीपिकालाई यो मौका प्राप्त हुन लागेको हो ।

यसैसाता जारी विश्वकपको फ्यान फेस्टिभलमा बलिउड अभिनेत्री नोरा फतेहीले नृत्य र गायन प्रस्तुत गरेकी थिइन् । फ्यानले दीपिका पादुकोणलाई शाहरुख खानको आगामी फिल्म ‘पठान’मा देख्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?