+
+

नीर शाह र भुवन केसीले दिए प्रचण्डलाई चुनावी जितको बधाई

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २० गते १३:००

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका नाति नाता पर्ने सुशान्त दाहालको बिहेभोज एक किसिमले राजनीतिज्ञ र कलाकारको जमघट थलो समेत बन्यो ।

भोजमा नीर शाह, शम्भुजित बाँस्कोटा, भुवन केसी, प्रमोद खरेल, चेतन सापकोटादेखि कृष्ण मल्ल, दीपकराज गिरी, दीपाश्री निरौला, शिव श्रेष्ठ लगायत पछिल्लो छिमलका कलाकारको बाक्लो उपस्थिति थियो ।

भोजमा अध्यक्ष दाहालले कलाकारहरु नीर शाह, भुवन केसीसँग अनौपचारिक कुराकानी गरे । यी कलाकारले प्रचण्डलाई चुनावको जितका लागि बधाई दिएका थिए । उनले अन्य कलाकारसँग पनि भलाकुसारी गरे ।

प्रचण्ड र कलाकारबीच बेलाबेलामा भेटघाट भइरहन्छ । उनले पारिवारिक कार्यक्रममा समेत कलाकारलाई निम्तो दिने गरेका छन् । राजनीतिक व्यस्तताबाट फुर्सद निकालेर अध्यक्ष दाहालले कलाकारसँग संस्कृति, फिल्म, गायनको विषयमा कुराकानी गर्ने गरेका छन् ।

फिल्मको प्रिमियरदेखि कला क्षेत्रका विभिन्न कार्यक्रममा समेत प्रचण्डले भाग लिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?